नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7598 · वि.सं. २०६२
नि.नं. 7598 — जवरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जवरजस्ती करणीको महलको ७ नं “वेश्या स्वस्नीमानिसलाई उसको राजिखुशी विना बेमञ्जुरीले जुनसुकै तरहसँग भएपनि जोरजुलुम गरी करणी गरेमा पाँचसय रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद हुनेछ” भन्ने उल्लेख भएकोबाट प्रतिवादीहरूले जवरजस्ती करणीको कसूर गरेको ठहर भैसकेपछि उक्त कानूनी व्यवस्था बमोजिम सजाय गर्दा पीडित महिला वेश्या हुन् भन्ने प्रमाणित हुनु अनिवार्य हुने । § पीडित महिलाको जथmभल मा पहिले नै प्वाल परेको मात्र कुरालाई आधार मानी निजले पहिले पनि यौनसम्पर्क राखेको भन्ने निर्णयमा पुगी त्यसै कुराको आधारमा तथ्यगत आधार विना जवरजस्ती करणीको ७ नं. को व्यवस्था आकर्षित हुने गरी भएको पुनरावेदन अदालतको फैसला तथ्य र कानूनमा आधारित भएको नदेखिने । (प्रकरण नं.१९) § अदालत स्वयंले मनोगत रुपमा पीडित जाहेरवाली वेश्या हुन भन्ने निष्कर्षमा पुगी प्रतिवादीहरूलाई जवरजस्ती करणीको ७ नं बमोजिम सजाय हुने ठहर गरेको फैसला कानूनी व्यवस्था अनुकूल नभै त्रुटीपूर्ण देखिने । (प्रकरण नं.२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7598 |
|---|---|
| मुद्दाको विषय | जवरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2062/09/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7598 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
