नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7596 · वि.सं. २०६२
नि.नं. 7596 — दर्ता वदर हक कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कार्यव्यस्तताको कारण वा अन्य कुनै कारणले तोकिएको दिन कर्मचारी खटाउन नसकिएको अवस्थामा सो कारणवाटै पक्षको हक हितमा असर पर्छ भनी मान्न नमिल्ने । § एउटा कामलाई भनी तारेख तोकिसके पश्चात सोही काम गर्नुपर्नेमा सो काम गर्नलाई कर्मचारी नखटाई चुप लागि वस्ने तर पक्षको तारेख गुज्रिसकेको भनी मुद्दालाई असर पर्ने गरी डिसमिस गर्नु न्यायोचित नदेखिने । (प्रकरण नं.१५) § वादीको वारेशलाई हाजिर हुन भनी व्यहोरा लेखी सहिछाप गराएपछि सो मितिमा कर्मचारी र अमिन समेत नगएको अवस्थामा तारेख गुज्रेको भनी प्रमाणित गरी मुद्दा डिसमिस गर्ने गरी भएको शुरुको फैसला र सो लाई सदर गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला कायम रहन सक्ने नदेखिंदा वदर हुने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7596 |
|---|---|
| मुद्दाको विषय | दर्ता वदर हक कायम । |
| निर्णय वर्ष / मिति | 2062/08/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7596 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
