नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7594 · वि.सं. २०६२
नि.नं. 7594 — अंश चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निजी आर्जनको भन्नेले नै निजी आर्जनको प्रमाण पुर्याउनु पर्ने हुन्छ अन्यथा प्रमाण ऐनको दफा ६(क) बमोजिम त्यस्तो सगोलको अंशियारको नाउको सम्पत्ति सगोलको संम्पत्ति संझनु पर्ने । (प्रकरण नं.१९) § बकसपत्र बदरमा समयमै नालेस नगरेको भन्ने आधारमा मात्रै अन्य अंशियारको समेत हकलाग्ने सम्पत्ति आफ्नो श्रीमतीलाई बकसपत्र गरिदिएको भै सम्पत्ति अंशियारामा नै रहेको अवस्थामा हुंदा त्यस्तो सम्पत्तिमा अन्य अंशियारको हक समाप्त हुन्छ भन्नु न्याय संगत नहुने । § लोग्नेको मात्र एकलौटी हक नभएको त्यस्तो सगोलको सम्पत्ति लोग्नेले बकसपत्र गरिदिएकै आधारमा मात्र त्यस्तो सम्पत्ति प्राप्त गर्ने स्वास्नीले स्त्री अंश धन अन्तर्गतको दावी लिई आफुखुस गर्न पाउने सम्पत्ति भनि अन्य अंशियारको अंश हक समाप्त गर्न नमिल्ने । (प्रकरण नं.२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7594 |
|---|---|
| मुद्दाको विषय | अंश चलन । |
| निर्णय वर्ष / मिति | 2062/09/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद साह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7594 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
