नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7593 · वि.सं. २०६२
नि.नं. 7593 — लिखत पारीत दर्ता ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीका पतिले रु. १९,५००। मा आफ्नो ०.३.५ जग्गा दिने र वादीले लिने गरी सहमती भै प्रतिवादीका पतिले १९,५००। सो लिखत हुँदाको मितिसम्म रु.१९,०००। बुझि लिई वाँकी रहेको रु.५००। लिखत पारित गर्दाका अवस्थामा वादीबाट लिई उक्त लिखत अनुसार शुकन महरा चमार आफू विरामीबाट निको भएमा निको भएका मितिले ६ महिनाभित्र, विरामीबाट निको नभै मरेमा पुनरावेदकका नाउँमा नामसारी भएका मितिले ६ महिना भित्र जग्गा पारित गरी लिनु भन्ने शर्त उल्लेख भएपछि वादीले मुद्दा गर्नुपर्ने कारण सो शर्त अनुसार निजको पतिको नामको जग्गा नामसारी भएको मितिलाई नै मान्नु पर्ने । § नामसारी गराई लिएको मितिले ३ महिना भित्र वादीको प्रस्तुत फिराद परेको देखिंदा उक्त फिराद हदम्याद नघाई दायर भएको भनी मान्न नमिल्ने । § निश्चित समयपछि लिखतमा लेखिएको घर जग्गा विक्री गरिदिने भन्ने शर्तमा करारीय सम्झौतासम्म भएको हुँदा उक्त लिखत विक्रीको लिखत (Sale Deed) नभै विक्री गरिलिने भन्ने कुराको मञ्जुरी (Agreement to sale) को लिखत भएको प्रष्ट छ । यस्तो लिखतलाई रजिष्ट्रेशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहे भएको नपाइने भएकोले सो लिखत मौकैमा रजिष्ट्रेशन पारित गर्नुपर्ने भन्न नमिल्ने । (प्रकरण नं.१६) § वादी र प्रतिवादीका पति वीच भएको लिखत करारिय भै करार ऐन बमोजिम प्रतिवादीका पतिको दायित्व प्रतिवादीमा सर्ने । (प्रकरण नं.१७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7593 |
|---|---|
| मुद्दाको विषय | लिखत पारीत दर्ता । |
| निर्णय वर्ष / मिति | 2062/08/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तपबहादुर मगर |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7593 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
