नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7592 · वि.सं. २०६२

नि.नं. 7592 — जग्गा खिचोला ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लुटपिट मुद्दा दायर गरेपछि खिचोलातर्फ पनि सोही लुटपिट भएको वारदात मितिलाई कायम गरी खिचोला मुद्दाको हदम्याद सम्बन्धी प्रश्न कायम गर्नु पर्ने हो की भन्नलाई लुटपिट मुद्दा फौजदारी प्रकृतिको भै त्यस्तो मुद्दाबाट प्रतिबादीलाई सजाय गरी बिगो भराउनु पर्ने सम्म हुँदा लुटपिट मुद्दाको वारदात मितिलाई कायम गरी सो मुद्दा भन्दा पछि दायर भएको खिचोला मुद्दामा हदम्याद सम्बन्धी प्रश्न उठाइनु न्यायोचित हुन नसक्ने । § फौजदारी मुद्दाको मकशद वारदात घटाउनेलाई सजाय गरी विगो नोक्सानी भएको भए सो नोक्सानी भएको विगो भराई दिनुसम्म हुन आउने । § फौज्दारी प्रकृतिको मुद्दाबाट देवानी मुद्दाको खिचोला तर्फ निरुपण गर्नु कानूनसम्मत हुन नआउने । § खिचोला मुद्दा देवानी मुद्दासंग सम्वन्धित भै आफ्नो स्वामित्व भएको जग्गामा कसैले बाधा अवरोध सिर्जना गरी भोगचलन गर्न नदिई विवादको सिर्जना उत्पन्न गराएपछि मात्र मुद्दा दायर हुनसक्ने । § फौजदारी र देवानी विषयका मुद्दाको मुद्दा गर्नुपर्ने कारण एउटै हुनुपर्ने भनी अदालतले अनुमानको भरमा भन्न नमिल्ने । (प्रकरण नं१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7592
मुद्दाको विषयजग्गा खिचोला ।
निर्णय वर्ष / मिति2062/03/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री बलराम के.सी.
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7592
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्