नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7589 · वि.सं. २०६२

नि.नं. 7589 — उत्प्रेषणयुक्त परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुद्दाको कामकारवाही भन्नाले मुद्दालाई अंग पुर्‍याउन वा निरुपणयोग्य बनाउने रोहमा मुद्दा हेर्ने अधिकारीबाट आवश्यकता अनुसार गरिने आदेश, अपनाइने कार्यविधि वा प्रक्रियालाई नै बुझ्नुपर्ने । § मुद्दाको कामकारवाई सच्याउने निहुँमा मुद्दाको निष्कर्षलाई नै प्रभावित गर्ने वा असर पुर्‍याउने ढंगले अ.वं. १७ नं. को प्रयोग हुनु वाञ्छनीय नहुने । (प्रकरण नं.१६) § अ.वं. १७ नं. बमोजिम परेको निवेदनमा पुनरावेदन सुन्ने अदालतले मातहत अदालतको बिचाराधीन मुद्दाको प्रत्यक्ष असर पर्ने गरी मुद्दाको तथ्यभित्र प्रवेश गरी उक्त अदालतबाट भएको आदेश सदर वा बदर गर्ने गरी आदेश गर्न नमिल्ने । (प्रकरण नं.१७) § अ.वं. १७ नं.को अधिकारक्षेत्र ज्यादै सीमित क्षेत्र हो जस्ले मुद्दाको कामकारवाईमा वेरीत भएमा वा म्याद नाघेको देखिएमा त्यस्तो कारवाईलाई बदर गरी कानूनबमोजिम गर्न लगाउनसम्म सक्ने तर मातहत अदालत वा अड्डाको विचाराधीन मुद्दामा प्रत्यक्ष वा परोक्ष असर पुर्‍याउने गरी पुनरावेदन तहबाट आदेश गर्न नमिल्ने । (प्रकरण नं.१८) § तायदाती माग गर्ने आदेश बदर गर्दा वादीको अंश पाउने हक नै निरर्थक हुने र अंश मुद्दा नै निष्प्रयोजित हुने हुँदा पुनरावेदन अदालतबाट भएको आदेशले जिल्ला अदालतमा बिचाराधीन अंश मुद्दालाई प्रत्यक्ष असर पार्ने । (प्रकरण नं.२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7589
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश ।
निर्णय वर्ष / मिति2062/03/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह | माननीय न्यायाधीश श्री परमानन्द झा | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्माको राय । | माननीय न्यायाधीश श्री खिलराज रेग्मीको राय । | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्माले पुनरावेदन अदालतको आदेशले प्रत्यक्ष रुपमा बाँके जिल्ला अदालतमा बिचाराधीश अंश मुद्दालाई असर पुग्न गएको भनी पुनरावेदन अदालतले गरेको आदेशलाई त्रुटीपूर्ण ठहर गरी निवेदकको मागबमोजिम उत्प्रेषणको आदेश जारी गरी ०५७।१२।५ को सो आदेशलाई बदर गर्ने राय व्यक्त गर्नु भएको छ भने अर्का माननीय न्यायाधीश श्री खिलराज रेग्मीले वादी प्रतिवादीहरूका बीच अंश मुद्दा चलिरहेकोले आवश्यकता अनुसार पक्ष विपक्षबाट प्रस्तुत कागज प्रमाणहरू अवलोकन गर्ने थप साक्षी प्रमाणहरू बुझ्ने | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्माको राय मनासीव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7589
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्