नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7583 · वि.सं. २०६२
नि.नं. 7583 — करार बमोजिम जग्गा पारित गराई पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रचलित करार सम्वन्धी ऐन, २०२३ ले करारको स्वरुप यस्तो ढांचामा हुनुपर्ने भनी किटानी व्यवस्था गरेको नपाइने । § विवादित लिखतमा कसले के, कस्तो शर्त कसरी पुरा गर्ने भन्ने सम्वन्धमा स्पष्टरुपमा उल्लेख गरी दुवैपक्षको सहमति स्वरुप ल्याप्चे सहिछाप समेत भएको देखिंदा सो लिखतमा करारको लागि आवश्यक मूलभूत तत्व समावेश भएको देखिन आएबाट लिखतलार्ई करारको लिखत मान्न मिल्ने । (प्रकरण नं.१६) § करारमा उल्लेख भएको शर्त पालन गर्नुपर्ने दायित्व करारको पक्षहरूको हुने भएकोले वादी र प्रतिविादीहरूवीच भएको करारको शर्तबमोजिम जग्गा पारितको लागि दावी लिएकोमा वादीले पारित गरिलिन नपाउने भन्न नमिल्ने । (प्रकरण नं.१७) § अदालतले जुन कुरामा दावी पर्छ उसैमा इन्साफ गर्ने हो । दावी नै नलिएको विषयमा अदालतले इन्साफ गर्न नमिल्ने । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7583 |
|---|---|
| मुद्दाको विषय | करार बमोजिम जग्गा पारित गराई पाउं । |
| निर्णय वर्ष / मिति | 2062/08/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री खिलराज रेग्मी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7583 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
