नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7582 · वि.सं. २०६२
नि.नं. 7582 — उत्प्रेषण समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सरकारी मुद्दासम्वन्धी ऐन, २०४९ अनुसूची १ को १७ नं मा नेपाल नागरिकता ऐन, २०२० अन्तर्गत सजाय हुने मुद्दा भनी उल्लेख गरेवाट निवेदकले झुठ्ठा विवरण पेश गरी नागरिकता लिएकोमा कारवाही गरिपाऊँ भनी दिएको अपराधको सूचना श्री ५ को सरकार वादी भै चल्ने । § नेपाल नागरिकता ऐन, २०२० को दफा १५ मा झुठ्ठो विवरण वा वयान दिई नेपालको अंगिकृत नागरिकता वा जन्म वा वशजको नाताले नागरिकता प्राप्त गर्न गराउने व्यक्ति उपर दण्डसजायको व्यवस्था भै राखेको समेत पाइन्छ । निवेदकले कानून वमोजिम झुठ्ठा विवरण पेश गरी नागरिकता लिएको भनी वादी श्री ५ को सरकार भै चल्ने सरकारी मुद्दा सम्वन्धि ऐन, २०४९ को अनुसूची १ मा उल्लेखीत अपराध भएको भनी निवेदन दर्ता गराएको अवस्थामा सो सम्वन्धमा आवश्यक छानविन गर्नुपर्ने । § अपराधको सूचना दिए अनुसार भएको हो होइन सो सम्वन्धमा विस्तृत छानविन गरे पश्चात मुद्दा चलाउनु पर्ने कारण र अवस्था देखिन नआएमा सो सम्वन्धमा कानून वमोजिम मुद्दा नचल्ने निर्णय गर्न सक्ने अधिकार रहेकोमा कानूनवमोजिम परेको उजुरीमा कारवाही नहोस भनी निवेदकले कागज गरी दिएकै आधारमा सो अपराधको सूचनासम्वन्धी निवेदनको कारवाही टुगिंने र सो गर्न पाउने गरी सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ मा कहिकतै व्यवस्था भएको नपाइने । § कानूनमा व्यवस्था नै नभएको कुरामा जिल्ला प्रशासन कार्यालयले निवेदकले कानून वमोजिम दर्ता गराएको निवेदन उपर कुनै कारवाही नहोस भनी गराएको कागज कानून अनुकूल भएको भन्ने नदेखिंदा सो कागज उत्प्रेषणको आदेशद्धारा वदर हुने । § झुठ्ठा विवरण पेश गरी नागरिकता लिएकाले कारवाही गरिपाऊँ भनी यी निवेदक टिकादत्त भट्टराईले दिएको उजुरी उपर छानविन गरी कानून वमोजिम कारवाई गर्नु गराउनु भनी विपक्षी जिल्ला प्रशासन कार्यालयको नाउंमा परमादेशको आदेश जारी हुने । (प्रकरण नंं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7582 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत । |
| निर्णय वर्ष / मिति | 2062/06/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7582 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
