नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7580 · वि.सं. २०६२
नि.नं. 7580 — अंश चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ बादी र प्रतिबादीहरूको भोगमा रहेको सम्पत्ति समान नदेखिई अस्वभाविक अन्तरको देखिएको हुँदा भाग शान्ति लिए पाएको भन्न सकिने अवस्था नदेखिने । § यो यो पैत्रिक सम्पत्ति बादी प्रतिबादीहरूले दाखिल खारेज गरेको तथा अंशमा पाएको सम्पत्ति यो यसरी अलग अलग भोग विक्री व्यवहार गरेको भन्ने कुराको प्रतिबादी पक्षबाट कुनै प्रमाण दिन गुजार्न सकेको समेत नदेखिंदा ७ नं. फाँटवारी अलग भरेको र फिल्डवूकमा लेखिएको व्यहोराका भरमा मात्र बादी र प्रतिबादीहरू व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको मान्न नसकिने । (प्रकरण नं.२९) § पुनरावेदक बादीको तायदातीमा उल्लेखित जग्गा बादी मध्येको सिताराम विष्टले शाही नेपाली सेनामा नोकरी गर्दा शान्ती सेनामा गई आर्जन गरेको रकमबाट खरिद गरेको भन्ने जिकिर लिएकोमा प्रतिबादीपक्षबाट सो को खण्डन नआएको हुँदा सो सम्पत्ति निजको निजि आर्जनको देखिने । (प्रकरण नं.४२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7580 |
|---|---|
| मुद्दाको विषय | अंश चलन । |
| निर्णय वर्ष / मिति | 2062/08/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7580 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
