नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7579 · वि.सं. २०६२
नि.नं. 7579 — करार ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ तत्काल लागू रहेको करार सम्बन्धी ऐन, २०२३ को दफा १८(२)(ग) मा सो ऐन अन्तर्गत बदर हुने र बदर गराउन हुने भनी लेखिएको करारको हकमा बाहेक अन्य कुनै दावीको हकमा मुद्दा गर्नुपर्ने कारण परेको मितिले तीन महिनाभित्र नालिस नदिए सो हदम्याद पछि नालिस लाग्ने छैन भन्ने व्यवस्था छ । प्रस्तुत करार बदर हुने वा बदर गराउन हुने करारको वर्गमा पर्ने नभई अन्य कुनै दावीको वर्गमा पर्ने हुंदा प्रस्तुत विवादका सन्दर्भमा मुद्दा गर्नुपर्ने कारण परेको मितिले ३ महिना भित्र नालिस दिनुपर्ने । § करारको व्यवस्था र शर्त बमोजिम करार भंग हुने स्थितिमा पुगेकोमा प्रचलित कानूनले तोकेको हदम्याद भित्र साधिकार निकायमा प्रवेश गरी करार बमोजिमको आफ्नो हक कायम गराउने तर्फ नलागी अन्य निकायमा हक प्रचलनको लागि गएको भन्ने दावी आफैमा कानूनसम्मत देखिंदैन । तसर्थ करारको विषयमा उजुर सुन्ने निकाय जिल्ला प्रशासन कार्यालय नभएको र अधिकारक्षेत्र वाहेकको निकायमा उजुर गर्न गएको कारवाही र गराइएको कागजले हदम्यादको सिर्जना गर्छ भन्न नमिल्ने । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7579 |
|---|---|
| मुद्दाको विषय | करार । |
| निर्णय वर्ष / मिति | 2062/08/32 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्रीमती गौरी ढकाल | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय । | माननीय न्यायाधीश श्री हरिजङ्ग सिजापतिको राय । | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठले करारको शर्त नं.(ज) ले वादीलाई मेसिन र सिनेमा सेट प्रतिवादीले नबुझाएसम्म प्रतिवादीले भाडा दिइरहनु पर्ने व्यवस्था गरेकोले वादीको फिराद हदम्याद भित्रको हुंदा वादी दावी अनुसार भाडासम्म पाउने हर्जना तर्फ दावी नपुग्ने भनी शुरु झापा जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत इलामको फैसलालाई मनासीव ठहर गर्ने राय व्यक्त गर्नु भएको छ भने अर्का माननीय न्यायाधीश श्री हरिजंग सिजापतिले करारको शर्त नं.(छ) ले करारको अवधि ६ महिनाको देखिएको र पुनः अवधि थप भएको अवस्था नहुँदा ०४५।१२।२९ मा सो अवधि समाप्त भई ०४५।१२।३० देखि वादीलाई मुद्दा गर्नुपर्ने कारण सृजना भएकोमा कानून बमोजिम त्यसको तीन महिनाभित्र वादीको नालिस पर्न सकेको नदेखिंदा हदम्याद विहिन इन्साफ गरेको फैसला उल्टी भई फिराद खारेज हुने राय व्यक्त गर्नु भएको छ । | माननीय न्यायाधीश श्री हरिजंग सिजापतिको राय मनासीव हुंदा सदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7579 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
