नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7551 · वि.सं. २०६२
नि.नं. 7551 — उत्प्रेषण परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ समान हैसियतका व्यक्तिहरुमध्ये केहीलाई कुनै र केहीलाई कुनै गरी फरकफरक मिति गरी जेष्ठता कायम हुने गरी गरेको निर्णयबाट समान व्यक्तिको वीच असमान व्यवहार गरेको देखिन आउने। § निवेदकको नोकरी जेष्ठता पूर्व मितिलाईनै कायम गरीदिनु न्यायोचित हुने र समन्यायको सिद्धान्तको परिपालन हुनजाने देखिंदा पूर्व सूचनाअनुसार बढुवा पाएका अन्य अधिकृतहरु सरहनै निवेदकको जेष्ठता मिति कायम गर्नु भनी बिपक्षीहरुका नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7551 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश । |
| निर्णय वर्ष / मिति | 2062/06/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री हरिजंग सिजापति |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7551 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
