नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7548 · वि.सं. २०६२

नि.नं. 7548 — हदबन्दी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अचल सम्पत्तिमा स्वामित्वको प्राप्ति र समाप्तिको सम्बन्धमा जारी रहेको समान्य ऐन, मुलुकी ऐन अंशवण्डा र रजिष्ट्रेशनको महलमा भएको व्यवस्था वारे विशेष ऐन भूमिसम्बन्धी ऐन, २०२१ जारी हुंदाका अवस्थामा सामान्य ऐनमा भइरहेको व्यवस्थासंग विधिकर्ता अनभिज्ञ रहेको सम्झन नमिल्ने। § सामान्य ऐनमा अचलसम्पत्तिको स्वामित्वको सम्बन्धमा भइरहेको व्यवस्थाको विपरीत जग्गाको हदवन्दीका सम्बन्धमा लोग्ने, स्वास्नी, नावालक छोराको अधिकार को बिषयमा विशेष ऐनमा वेग्लै किसिमको छुट्टै व्यवस्था विधिकर्ताले गरी व्यक्ति र परिवारलाई जग्गा राख्न पाउने अधिकतम सीमारेखाभित्र राखिसकेकोले त्यस बिषयलाई लिएर परेको उजुरीलाई सोही अनुरुप हेर्नुपर्ने । § भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम पर्न आएको विवादको निप्टारा गर्नुपर्ने भएअनुसार गरिएको निर्णयवाट अंशवण्डाको महल अनुसार अंश हक पाइसकेका व्यक्तिहरु आफ्नो हकवाट वञ्चित भएको मान्न नमिल्ने । (प्रकरण नं.३६) § दोहोर्‍याउने निस्सामा उल्लेख भएको कारण र आधार नै मिलेको नदेखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १३ तथा २०५९ सालको निस्सा प्रदान नं. २६ को भ्रष्टाचार मुद्दामा मिति २०६२।३।३० मा प्रतिपादित कानूनी सिध्दान्त समेतको आधारमा प्रस्तुत मुद्दाको औचित्य तथा बिषयवस्तुमा प्रवेश गरी पुनरावेदन अदालतवाट भएको फैसला दोहोर्‍याई हेर्नुपर्ने अवस्था नै नरहेकोले निवेदन खारेज हुने। (प्रकरण नं.३८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7548
मुद्दाको विषयहदबन्दी ।
निर्णय वर्ष / मिति2062/05/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामनगीना सिंह | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालको राय । | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालको रायसंग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेतको राय भएको यस अदालत संयुक्त इजलासको मिति २०६१।९।१२ को फैसला। | माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्सालको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालले ऐनमा छुट्टिएका वा नछुट्टिएको जे भएपनि पति पत्नी र नावालक छोरा एउटा परिवार कायम हुने भनी भूमिसम्बन्धी. ऐन
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7548
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्