नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7545 · वि.सं. २०६२
नि.नं. 7545 — उत्प्रेषण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ श्रम ऐन, २०४८ को दफा १२ को स्पष्टिकरण हेर्दा “दफा ११ र १२ को प्रयोजनका लागि विशेष परिस्थिति भन्नाले प्रतिष्ठानको मेसिन उपकरण, भाँची बिग्री उत्पादन कार्य रोकिने अवस्था वा इन्धन, विद्युत कोइला वा यस्तै शक्ति उपलव्ध नभएको वा दैवी प्रकोप भएको वा आवश्यक कच्चापदार्थ अप्रयाप्त भएको वा उत्पादित बस्तु बिक्रि नभै स्टक रहन गएको वा यस्तै अन्य अवस्थालाई जनाउने । § कम्पनीका दुई जहाज दुर्घटनाग्रस्त भइसकेका, तीन वटा जहाज ग्राउण्डेड भएको अवस्थामा कम्पनी घाटामा गएको अवस्था मान्नुपर्ने । § कम्पनीले कर्मचारीको तलव भत्ता लगायतका प्रशासनिक खर्च अन्य आर्थिक दायित्व पुर्याउनु पर्ने हुँदा कम्पनी घाटामा गएकोले विशेष परिस्थिति सिर्जना नभएको भन्न नमिल्ने । § उद्योग चलाउने प्रतिष्ठानलाई यो यति नै कर्मचारी राखि छाड्नु पर्छ भनी असाधारण अधिकार अन्तर्गत यस अदालतले निर्देशित गर्न पनि नमिल्ने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7545 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण । |
| निर्णय वर्ष / मिति | 2062/02/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7545 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
