नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7543 · वि.सं. २०६२
नि.नं. 7543 — उत्प्रेषण समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सेभ द चिल्ड्रेन नर्वेको Staff regulation हाम्रो सँविधान र Jurisprudence अनुसार Force of law भएको document नहुँदा कानून भन्न नमिल्ने । (प्रकरण नं.९) § लिखित सँविधानले कानूनी राजको सिद्धान्त र स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेकोमा कानूनभन्दा माथि कोही पनि नहुने हुँदा सँविधान र कानूनले दिएको अधिकारभन्दा वढि अधिकार प्रयोग गरे भएको निर्णय अदालतले वदर गर्ने हुँदा यसैलाई Concept of limited government भनिने । § सँविधानको धारा ८८(२) बमोजिम न्यायिक पुनरावलोकन गर्न नेपाल कानूनबमोजिम गठित र व्यवस्थित Authority द्वारा नेपाल कानून विपरीत निर्णय गरी कसैको हक अधिकार हनन भएको हुनुपर्ने । § निवेदकले पेश गरेको Staff Regulation नेपाल कानून पनि नभएको र सेभ द चिल्ड्रेन नर्वे नामक अन्तर्राष्ट्रिय गैरसरकारी सँस्था राज्यको agency अर्थात instrumentality of the state नभएको र निवेदकलाई अवकास दिने व्यक्ति नेपाल कानून अन्तर्गतको Authority पनि नभएको हुँदा यस अदालतले प्रस्तुत निवेदन entertain नै गर्न नसक्ने । (प्रकरण नं.१०) § सँविधानको धारा ८८(२) अन्तर्गत यस अदालतले जारी गर्ने आदेश नेपालको कानून अन्तर्गत दर्ता नै नभएको INGO को Staff Regulation अन्तर्गत भएका निर्णय उपर यस अदालतले Judicial review गरी आदेश जारी गर्न नसक्ने । (प्रकरण नं.११) § कुनै पनि सँगठनमा नोकरी गर्ने हक मौलिकहक नमानिने । (प्रकरण नं.१२) § साविक रेडवार्ना हाल सेभ द चिल्ड्रेन नर्वे जस्तो अन्तराष्ट्रिय गैर सरकारी संस्थाले निवेदकहरुलाई दिएको अवकास उपर सो सँस्थाको staff regulation को आधारमा निवेदकहरुले प्रस्तुत रिट निवेदन दिएको अवस्था देखिँदा सँविधानको धारा ८८(२) अनुसार यस्तो गैर सरकारी सँस्थाको staff regulation नेपाल कानून सरह नहुने हुँदा सो मा भएका व्यवस्था अनुसार निवेदकलाई दिएको अवकास ठिक, बेठिक के हो ? भनि नेपाल अधिराज्यको सँविधान २०४७ को धारा ८८(२) अनुसार प्रस्तुत रिट क्षेत्रवाट निरुपण हुन नसक्ने । (प्रकरण न.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7543 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत । |
| निर्णय वर्ष / मिति | 2062/05/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री वलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7543 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
