नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7537 · वि.सं. २०६२

नि.नं. 7537 — उत्प्रेषण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एउटै कार्यालयका एकै तहका एकै प्रकृतिको कामकारवाही गरेको कर्मचारीलाई एकै किसिमको कारवाहीको शुरुवात गरी सजाय प्रस्ताव गरिसकेपछि कार्य सहायक मध्येका मदन वराललाई १ ग्रेड रोक्का र निवेदकलाई वैंकको सेवावाट अयोग्य ठहरिने गरी भएको अवकाशलाई समान प्रकृतिको कार्यमा कानूनको समान रुपमा प्रयोग भए गरेको भनी भन्न नमिल्ने । § बिपक्षीहरुले निवेदकलाई भविष्यमा वैंकको सेवाको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी बैंकको सेवाबाट बर्खास्त गर्ने गरेको निर्णय र सोलाई सदर गर्दै सञ्चालक समितिबाट भएको निर्णय समेत असमानजन्य भेदभाव रहेको देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने। § निवेदकका हकमा पनि सोही कार्यालयका कार्य सहायक मदन वराल सरह १ ग्रेड रोक्का गरी निवेदकलाई साविक वमोजिमको पदमा हाजिर गराई कामकाज गराउनु र साथै निजलाई गैरकानूनी बर्खास्त गर्दाको मितिदेखि पुनर्वहाली हुँदाको मितिसम्मको तलव भत्ता समेत भुक्तानी दिनु भनी बिपक्षीका नाउँमा परमादेश जारी हुने । (प्रकरण न.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7537
मुद्दाको विषयउत्प्रेषण ।
निर्णय वर्ष / मिति2061/11/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री राम प्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7537
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्