नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7536 · वि.सं. २०६२
नि.नं. 7536 — उत्प्रेषणयुक्त प्रतिशेध ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २१(क) को उपदफा (१) बमोजिम “प्रकाशित विवरण उपर” भन्ने शब्दावली प्रयुक्त भएबाट विवरण प्रकाशित गर्नुपर्ने बन्धनकारी व्यवस्था रहेको नहुँदा विवरण प्रकाशित गर्ने निर्णय उपर उजुर गर्ने वा पुनरावेदन गर्न सक्ने भन्ने नदेखिने । (प्रकरण नं. २१) § रिट निवेदकलाई विभाग वा पुनरावेदन अदालतले झिकाई विभागका समक्ष वा पुनरावेदन अदालतका समक्ष कुनै रुपबाट सरिक गराइएको वा सरिक भएको अवस्था पनि देखिँदैन । यसरी जुन निर्णय वा सम्बन्धमा पक्ष विपक्षको रुपमा वा अरु कुनै रुपमा सो विवादमा संलग्न नै नरहेका व्यक्ति वा कम्पनीको तर्फबाट सिधै सो दफा २७ बमोजिम पुनरावेदन लाग्ने अवस्थै देखिँदैन । यस स्थितिमा दफा २७ को कानूनी व्यवस्थाले निवेदकले प्रभावकारी उपचार प्राप्त गर्न सक्ने भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. २४) § ट्रेडमार्क स्वभावैले कुनै उद्योगको उत्पादित सामानको पहिचान गराउन र अरुबाट अलग देखाउने प्रयोजनको लागि प्रयोग हुने यो स्थापित मान्यता हो । पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २(ग) समेतले सो कुरा पुष्टि गरेको छ । कुनै कम्पनीले प्रयोग गरी आएको मान्यता प्राप्त ट्रेडमार्कहरुसँग मिल्दो जुल्दो भएमा उपभोक्ता झुक्किदैनन् भन्ने अवस्था नरहने । (प्रकरण नं. ४५) § कानूनबमोजिम दर्ता गराई अदालतद्वारा हक प्राप्त गरेको ट्रेडमार्कसँग मिल्दो जुल्दो डमार्क दर्ता गर्न नमिल्ने स्पष्ट कानूनी व्यवस्थाको प्रतिकूल हुने गरी पुनरावेदन अदालतबाट विपक्षीले माग गरेको ट्रेडमार्क दर्ता गरिदिनु भनी भएको फैसलालाई कानूनसँगत फैसला मान्न नसकिने । (प्रकरण नं. ५५) § निवेदकले दर्ता गराएको Gold Star, Super Star, Seven Star सँग विपक्षीले दर्ता माग गरी दर्ता गराएको Good Star, Gold Super, Eleven Star ट्रेडमार्कले निवेदक कम्पनीले दर्ता प्रमाण प्राप्त गरेको ख्यातिमा समेत प्रतिकूल प्रभाव पर्नसक्ने भनी विपक्षी कम्पनीले दर्ता गर्न माग गरेको उल्लेखित तीनप्रकारका ट्रेडमार्कहरु दर्ता गर्न नमिल्ने भनी उद्योग विभागले गरेका निर्णय उल्टी गर्न ट्रेडमार्क दर्ता गरिदिन भनी पुनरावेदन अदालतले गरेको फैसला पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ समेतको प्रतिकूल रहेको पाईने । (प्रकरण नं.५७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7536 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त प्रतिशेध । |
| निर्णय वर्ष / मिति | 2062/05/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ | माननीय न्यायाधीश श्री परमानन्द झाको रिट खारेज हुने रायसँग सहमत हुन सकिएन । तसर्थ प्रस्तुत रिट निवेदन सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय । | माननीय न्यायाधीश श्री अनूपराज शर्माको रिट जारी हुने रायसँग सहमत हुन सकिएन । सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री परमानन्द झाको राय सहित यस अदालत संयुक्त इजलासको मिति २०६१।११।१२ को आदेश । | माननीय न्यायाधीश श्री परमानन्द झाले वैकल्पिक उपचार रहेको भनी रिट निवेदन खारेज गर्ने गरी प्रस्तुत गर्नु भएको राय मिलेको छैन । प्रस्तुत विवाद मुलुकी ऐन अदालती बन्दोवस्तको ८६ नं.ले व्यक्त गरेको भावना र मनसाय अनुरुपको होइन । सो कानूनी मार्ग अपनाउने भन्ने हो भने पनि पुनरावेदन अदालतको फैसला उद्योग विभागले बदर गर्न सक्ने अवस्था देखिँदैन । उद्योग विभागमा निवेदक पक्ष विपक्षको रुपमा नरहेको र उद्योग विभागले पुनरावेदन अदालतको फैसला अनुसार निर्णय गरेकोले पुनरावेदन अदालतको फैसला कायम रही रहेसम्म सो ऐनको दफा २१ वा २७ अन्तर्गतको पुनरावेदकीय मार्गबाट निवेदकले प्रभावकारी उपचार प्राप्त गर्न सक्दैन । तसर्थ प्रस्तुत विवादमा वैकल्पिक उपचारको मार्ग रहेको भन्ने भनाइसँग सहमत हुन सकिने अवस्था छैन । विपक्षीले माग गरेको ट्रेडमार्क निवेदकले दर्ता गरी प्रचलनमा ल्याएको ट्रेडमार्कसँग मिल्दो जुल्दो देखिई रहेको अवस्थामा पनि दर्ता गरि दिनु भनी गरेको पुनरावेदन अदालत पाटनको निर्णय मिलेको नहुँदा सो निर्णय समेत बदर गर्ने गरेको माननीय न्यायाधीश श्री अनुपराज शर्माको राय मिलेकै हुँदा माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । | माननीय न्यायाधीश श्री परमानन्द झाको राय मिलेकै हुँदा सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । | माननीय न्यायाधीश श्री परमानन्द झाले वैकल्पिक उपचार रहेको भनी आफ्नो राय व्यक्त गर्नु भै रिट खारेज हुने ठहर गरेको रायतर्फ बिचार गर्दा विपक्षीतर्फबाट वैकल्पिक उपचार रहेको भनी आधार लिइएका माथि उल्लिखित कानून व्यवस्था यसप्रकार रहेको देखिन्छः | माननीय न्यायाधीश श्री परमानन्द झाको रायसँग यो इजलास सहमत हुन सकेन । | माननीय न्यायाधीश श्री परमानन्द झाको रायसँग सहमत हुन सकिएन । कानूनद्वारा प्राप्त र संरक्षित हक प्रचलनको लागि भनी निवेदक आएको देखिंदा रिट सुनुवाई गरी उचित न्याय प्रदान गर्न वाधा पर्ने देखिन आएन। | माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय मिलेको हुँदा सो राय सदर हुन्छ । विपक्षी विभाग समेतको जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाइ नियमानुसार गरी मिसिल बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7536 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
