नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7532 · वि.सं. २०६२

नि.नं. 7532 — उत्प्रेषणयुक्त परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सरकारको निर्णयानुसार तलवभत्ता काम गरेकै संस्थाबाट पाउने गरी नेपालको प्रतिनिधित्व गर्न बेतलवी काजमा खटाइएअनुसार आफ्नो कर्तव्य निर्वाह गरेका निवेदकलाई निजामती सेवा ऐन नियमको प्रावधान अन्तर्गत नपरेको कारण बढुवाको निमित्त महत्वपूर्णस्थान ग्रहण गर्ने का.स.मु.वापतको अंक ऐ. ऐनको दफा २४क(८) को प्रतिवन्धात्मक वाक्याशंको देहाय (१) ले गरेको व्यवस्था अनुसार सो अंक दिन इन्कार गर्नु कानूनसम्मत र न्यायको मान्य सिद्धान्त अनुरुप नदेखिने । § सरकारी निर्णयानुसार मनोनयन भई गई आफ्नो कर्तव्य कुशलतापूर्वक निर्वाह गरी फर्केका निवेदकलाई बेतलवी काजको समयको नभरेको का.स.मु. वापतको अंक नपाउने भनी निजको हकमा गरेको बढुवा समितिको निर्णयलाई सदर गर्ने गरेको लोकसेवा आयोगको निर्णय निजका हकमासम्म नमिलि उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7532
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश ।
निर्णय वर्ष / मिति2061/12/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेत
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7532
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्