नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7530 · वि.सं. २०६२
नि.नं. 7530 — ट्वाइलेट तथा गाहो भत्काई पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदकले स्थानीय स्वायत शासन ऐन, २०५५ आउनु अगावै २०३७।११।१ मा तत्काल प्रचलित नगरपंचायत ऐन, २०१९ बमोजिम नक्सा पास गरी, पास नक्सा अनुसार २०३७ सालमै पर्खाल बनाई नक्सापास अनुसार निर्मित भर्याङकै मुनि ट्वाइलेट बनाइ सो ट्वाइलेटको सेफ्टी टैंक समेत आफ्नै पर्खाल सिमानाभित्र बनाई भोगचलन गरी आइ रहेको देखिन आएको हुँदा स्थानीय स्वायत शासन ऐन, २०५५ को दफा १६१ को प्रयोग हुनसक्ने अवस्था नदेखिने । (प्रकरण नं.१७) § २०३७ सालमा निर्माण गरिदाको अवस्थामा सिमानाबाट १ मिटर छाडी निर्माण कार्य गरिनुपर्नेमा सो नगरी बनाएको हुँदा मापदण्ड विपरीत छ भन्न पनि अगाडि भएको काम कारवाही र त्यस बखत व्यवस्था नै नभएको बिषय र त्यसबाट पुनरावेदकको हकअधिकार सिर्जना भइसकेको स्थितिमा पछि बनेको नीति अनुसार अरुको हक अधिकार हनन हुने गरी निर्णय गर्न पनि नमिल्ने । (प्रकरण न.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7530 |
|---|---|
| मुद्दाको विषय | ट्वाइलेट तथा गाहो भत्काई पाउँ । |
| निर्णय वर्ष / मिति | 2062/01/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री हरिजंग सिजापति |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7530 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
