नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7529 · वि.सं. २०६२
नि.नं. 7529 — अंश दर्ता ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीहरुले लक्ष्मीनिया र देवा राउत समेत उपर अंश मुद्दा दिंदा देवा राउतले संगोलको अंशियार भई अंश पाउनुपर्ने भन्ने प्रतिउत्तर जिकिर लिएपनि अघिल्लो मुद्दामा वादीहरुलाई अंशियार नस्वीकारेकोले प्रस्तुत मुद्दामा अंशियार स्वीकार्न प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम निज विवन्धित हुने । (प्रकरण नं.१६) § वादी प्रतिवादीका बीच २०२० साल देखि मानो चुलो अलग गरी बसेको कुरामा वादी सावितै देखिएको र निजले विधिवत् अंशवण्डा नभएको भन्ने जिकिर लिएपनि नापीमा आआफ्नो नाममा जग्गा दर्ता प्रमाणित भै आआफुले भोग बिक्री व्यवहार समेत गरी आएको मिसिल संलग्न लिखत प्रमाणहरु समेतबाट प्रमाणित भैरहेको देखिंदा अंशवण्डाको लिखत कै अभावको कारणले मात्र वादी प्रतिवादी बीच अंशवण्डा नभएको भनी मान्न नमिल्ने । (प्रकरण नं.१७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7529 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता । |
| निर्णय वर्ष / मिति | 2062/01/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री बलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7529 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
