नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7528 · वि.सं. २०६२
नि.नं. 7528 — लिखत वदर गरी हक कायम गरी दर्ता दा.खा. गरिपाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ घरको ब्यबहार चलाउनुपर्ने व्यक्तिले व्यवहार चलाउनलाई अचल पैतृक सम्पतिको आधामा एकासगोलका स्वास्नी, छोरा वा बिधवा बुहारीको मंजुरी लिइरहनु पर्ने अनिवार्यता नहुने । § प्रतिबादीको लोग्नेको मृत्युपछि निजको एक मात्र छोरा यी पुनराबेदक पनि बिदेशमा रहने बस्ने गरेकोमा प्रतिबादी बाहेक घरमा अरु कुनै अंशियार नभएको अबस्थामा घरको ब्यबहार चलाउनु पर्ने जिम्मेवारी स्वतः प्रतिबादीको हुने । § लोग्ने नभएको र छोरा पनि बिदेशमा रहे भएको अबस्थामा घर ब्यबहार चलाउनु पर्ने दायित्व भएकी स्वास्नीमान्छेले घरको ब्यबहार चलाउनको लागि अंशबण्डाको १९ को देहाय १ को कानूनी ब्यबस्था बमोजिम आफ्नो नामको अचल पैतृक सम्पत्ति मध्ये आधि आफुखुसी गर्न नपाउने भन्न कानूनसंगत नहुने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7528 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर गरी हक कायम गरी दर्ता दा.खा. गरिपाऊँ । |
| निर्णय वर्ष / मिति | 2062/01/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री परमानन्द झा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7528 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
