नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7527 · वि.सं. २०६२
नि.नं. 7527 — निषेधाज्ञा मिश्रित परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जुन किसिमको गाडी भनी महसुल वुझाएको हो, त्यस किसिमको सवारी साधन भनी दर्ता गराउनु भन्दा अघि नै अर्को किसिमको सवारी साधन भनी दर्ता गराउंदाको अवस्थामा नपुग भंसार महसुल असुल गरी स्वीकृति दिएमा अर्को किसिमको सवारी साधनको रुपमा दर्ता गर्न सकिने । § यातायात व्यवस्था कार्यालयमा जुन किसिमको सवारी साधन हो भनी दर्ता गराई दर्ताको प्रमाणपत्र नै प्राप्त गरिसकेको अवस्थामा सवारी साधनको त्यस्तो किसिमलाई परिवर्तन गर्ने गरी दर्ता गर्न सकिने भन्ने स्पष्ट व्यवस्था देखिन नआउने । § सवारी तथा यातायात व्यवस्था ऐनले नै मालवाहक सवारीको रुपमा दर्ता भएको सवारीलाई यात्रीवाहक सावारीमा दर्ता परिवर्तन गर्न नमिल्ने भन्ने स्पष्ट व्यवस्था गरिरहेको परिप्रेक्ष्यमा मिति २०५७।२।१७ को राजपत्रमा प्रकाशित सूचनाको अनुसूचि १ को दफा २२(६) मा उल्लिखित व्यवस्थाको आधारमा मालवाहक सवारीको रुपमा दर्ता भएको सवारी साधनलाई यात्री वाहक सवारी साधनको रुपमा दर्ता परिवर्तन गर्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7527 |
|---|---|
| मुद्दाको विषय | निषेधाज्ञा मिश्रित परमादेश । |
| निर्णय वर्ष / मिति | 2062/02/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री हरिजंग सिजापति |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7527 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
