नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7525 · वि.सं. २०६२

नि.नं. 7525 — जीउ मास्ने वेच्ने ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीको उमेर १६ वर्षभन्दा वढी भएकोले पूरै सजाय हुनुपर्छ भनी जिकिर लिने वादी तर्फवाट निजको उमेर सम्वन्धमा यकीन गर्न नसकेको अवस्थामा चिकित्सक विशेषज्ञ भएको कारण निजको रायलाई नै आधिकारिक राय मान्नुपर्ने । § कुनै व्यक्तिको उमेर १६ वर्ष पूरा भएको हो होइन भन्ने सम्वन्धमा यही नै र यति नै हो भनी ठीक तवरले वैज्ञानिक परीक्षणबाट समेत भन्न नसकिने भनी विशेषज्ञलेनै भनेको उमेर प्रमाणीत हुने अन्य शैक्षिक, कानूनी आदि आधारसमेत वादीले पेश गर्न नसकेको अवस्थामा प्रतिवादीले खुलाएको उमेरलाई नमानी प्रतिवादी १६ वर्ष पूरा भएको व्यक्ति हो भनी ठहर गर्न नमिल्ने । § उमेरका आधारमा कानूनबमोजिमको कुनै अपराधमा सजायमा कमि वा वढि हुन्छ र मुद्दा चलाउने वादी नै आफूले अभियोग लगाई मुद्दा चलाएको अभियुक्तको उमेर यकीन गर्न आवश्यक प्रमाण संकलन गर्न सक्तैन भने विनाआधार अनुमानको भरमा अदालतले अभियुक्त १६ वर्ष पूरा गरेको भनी ठहर गर्नु फौज्दारी न्यायको मान्य सिद्धान्त विपरीत हुने । (प्रकरण नं. २१) § उमेर जाँच गर्ने डाक्टरको प्रतिवेदन र वकपत्रवाट प्रतिवादीको उमेरका सम्वन्धमा यकिन हुन नसकेको र वादीले भरपर्दो प्रमाण पेश गर्न नसकेको अवस्थामा यस अदालतले प्रतिवादीको उमेर १६ वर्ष पुरा भएको ठहर गर्ने हो भने फौज्दारी न्यायको सिद्धान्त विपरीत शंकाको सुविधा वादीलाई प्राप्त हुन जाने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7525
मुद्दाको विषयजीउ मास्ने वेच्ने ।
निर्णय वर्ष / मिति2062/03/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री वलराम के.सी.
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7525
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्