नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7519 · वि.सं. २०६२
नि.नं. 7519 — निर्णय वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादीत कित्ता र अन्य कित्ताहरु समेत एउटै जग्गाधनी दर्ता प्रमाणपूर्जा पाई जग्गा दर्ता भई जग्गाधनी प्रमाणपूर्जा लिए उपर हेराकुमारी जिवित छदैं मुलुकी ऐन जग्गा पंजनीको १७ नं. को हदम्याद २ वर्षभित्र यी वादीले नालेस गरी दर्ता बदर गराउने कार्यवाही चलाएको देखिन नआउने । § हेराकुमारीको मृत्युपछि प्रत्यर्थी प्रतिवादी छोरा तेजवहादुरले विवादको जग्गा मिति २०४४।११।१९ मा नामसारी गरेपछि मात्र सो नामसारी वदरतर्फ थाहापाएको मितिले भनी मिति २०५०।२।२४ मा प्रस्तुत फिराद परेकोमा सर्भे नापजाँचको क्रममा एकाको हकभोग दर्ताको जग्गा अर्काको नाममा नापीमा दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मान्नुपर्ने । (प्रकरण नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7519 |
|---|---|
| मुद्दाको विषय | निर्णय वदर । |
| निर्णय वर्ष / मिति | 2062/01/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको रायसंग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) अनुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय । | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको रायसंग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय सहित यस अदालत संयुक्त इजलासको मिति २०६०।५।८ को फैसला । | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय र विवादित जग्गा प्रतिवादीको आमा हेराकुमारी प्रजापतीको नाममा दर्ता गर्ने गरी जग्गाधनी दर्ता प्रमाणपूर्जा दिने गरेको निर्णय बदर गरी हक कायम गरिपाऊँ भन्ने वादी दावी नभएको अवस्थामा प्रतिवादीको नाममा दा.खा. नामसारी गर्ने निर्णय बदर गर्न नमिल्ने हुंदा मालपोत कार्यालयको निर्णय बदर गरेको शुरुको फैसला उल्टी हुने ठह | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय भई सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) अनुसार प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखिन्छ । | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय मनासिव हुँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7519 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
