नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7516 · वि.सं. २०६२
नि.नं. 7516 — उत्प्रेषणयुक्त परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मध्यस्थता ऐन, २०५५ को दफा ७ मा भएको व्यवस्थालाई हेर्दा मध्यस्थ नियुक्तिका लागि कुनैपक्षले पुनरावेदन अदालतमा निवेदन दिन सक्ने र पुनरावेदन अदालतले मध्यस्थ नियुक्त गर्नुपर्ने भन्ने उल्लेख भएको देखिन्छ । निवेदक र विपक्षी वीचमा भएको १९९८।१२।९ को संझौतापत्रको दफा ९ मा विवादको समाधान मध्यस्थद्वारा हुने भन्ने प्रष्ट प्रावधान रहेको देखियो । सो संझौता बमोजिम विवादको निपटारा गर्न मध्यस्थ नियुक्त गर्न पुनरावेदन अदालत पाटनमा निवेदकले निवेदन दिएकोमा अदालतले मध्यस्थ नियुक्त गर्ने विषयमा मात्र सीमित रहनुपर्नेमा संझौता भित्र प्रवेश गरी गरेको निर्णय मध्यस्थता ऐनको दफा ७ को विपरीत देखिएकोले बदर हुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7516 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश । |
| निर्णय वर्ष / मिति | 2061/03/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7516 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
