नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7515 · वि.सं. २०६२
नि.नं. 7515 — उत्प्रेषण परमादेश समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदक २०५५।६।२५ देखि २०५७।३।२५ सम्म बिदामा रही ऐ २६ गते खानेपानी तथा ढल निकास विभागमा हाजिर रहेको अबस्थामा सोही कार्यालयमा कार्यसम्पादन मूल्याङ्कन फाराम भरी दर्ता गरेको देखिंदा दरबन्दी रहेको जिल्ला खानेपानी कार्यालय पर्सामा भरी पेश गर्नुपर्ने भन्न नमिल्ने । (प्रकरण नं. २२) § आफ्नो का.स.मू.फाराम भरी समयमा पेश गर्ने कर्तव्य पूरा गरेको देखिएको अबस्थामा निवेदकको कुनै गल्ती वा दोष बेगर कसैको लापरवाहीको परिणाम निवेदकले भोग्नुपर्छ भन्नु न्यायोचित्त नहुने । (प्रकरण नं. २५) § निर्धारित समयभित्र भरी दर्ता गराएको कार्यसम्पादन मूल्याङ्कन फाराम सुपरिवेक्षकबाट मूल्याङ्कन नभएको भन्ने आधारमा बढुवा समितिबाट का.स.मू. वापतको अंक गणना नगरिएको र त्यसैलाई सदर गरी विपक्षी लोकसेवा आयोगले गरेको निर्णय न्यायसंगत देखिन नआउने । (प्रकरण नं. २६) § चालिस अंकको का.स.मू.फारामनै उपलव्ध नहुँदा पनि बिना सोधखोज कारवाही अगाडि बढाउन नहुनेमा सामान्य प्रशासनिक कुराहरुलाई ध्यान नदिई कर्मचारीको का.स.मू. फाराम नै नभए पनि नामावली प्रकाशन गर्ने कार्यलाई बढुवा समितिको लापरवाही मान्नुपर्दछ । तसर्थ आईन्दा यस्तो नहुने आवश्यक व्यवस्था मिलाउनु भनी सामान्य प्रशासन मन्त्रालयका सचिवको नाउँमा समेत आदेश जारी हुने । (प्रकरण नं. २९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7515 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश समेत । |
| निर्णय वर्ष / मिति | 2061/11/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री बलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7515 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
