नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7514 · वि.सं. २०६२

नि.नं. 7514 — कर्तव्यज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मानिस आफैले ज्वलनशिल पदार्थ खन्याई आगो लगाए पछि आगोको जलन र पिडा पर्नु स्वभाविक हुनेमा यस्तो केही नदेखिने । § सचेत अवस्थामा आफैले ज्वलनशिल पदार्थ खन्याई आगो लगाउने मानिस एउटा प्लाष्टिकको गुन्द्रि समेत पुरा नजल्ने गरि स्थिर रुपमा घोप्टो परि रहन सक्ने अवस्थाको अनुमान गर्न नसकिने । § मृतक लाशको नजिकै रहेको विछ्याउना, एवं खुट्टा मुनि रहेको कपडा समेत नजलेको अवस्था देखिएवाट मृतक आफैले ज्वलन शिल पदार्थ खन्याई आगो लगाई आत्महत्या गरेको भन्ने देखीन नआउने । § वारदातको अवस्थावाट मृतकको मृत्यु आफैले ज्वलनशिल पदार्थ शरिरमा खन्याई आगो लगाई आत्महत्यावाट भएको नदेखिई कर्तव्यवाटै भएको देखिन आउने । (प्रकरण नं.३५) § वारदातको अवस्थामा प्रतिवादी सो स्थानमा मौजुद रहेकोमा विवाद नरहेको, श्रीमती जलिरहेको वखत निजलाई वचाउने प्रयासमा नलाग्नु, समेतका परिस्थिती जन्य प्रमाणसमेतले पुनरावेदक प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्षको वयानलाई समर्थन गरी रहेको देखीएवाट मृतक अम्विका भन्ने निसा हुसेनको मृत्यु पुनरावेदक प्रतिवादी बबुआ भन्ने अनवर हुसेन कै कर्तव्यवाट भएको देखिन आउने । (प्रकरण नं.३६) § आफ्नै श्रीमतीलाई कर्तव्य गरि मारी सकेपछि आत्महत्या देखाई सजायवाट वच्न मृतकको शरिरमा ज्वलनशिल पदार्थ खन्याई आगो लगाएपछि आफु वाहिर निस्की भित्र वाट ढोकाको चुकुल समेत लगाएको तत्काल मृतकलाई वचाउने प्रयास सम्म पनि नगरेको वारादातको अवस्था देखिएवाट अ.वं. १८८ नं. वमोजिम १० बर्ष मात्र कैद गर्न प्रस्तुत गरेको पुनरावेदन अदालतको राय मनासिव नदेखिदा पुनरावेदक प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद हुने । (प्रकरण नं.३७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7514
मुद्दाको विषयकर्तव्यज्यान ।
निर्णय वर्ष / मिति2061/12/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7514
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्