नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7513 · वि.सं. २०६२
नि.नं. 7513 — उत्प्रेषण परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादित जग्गाको दोहोरो श्रेस्ता कायम भएको वा वेपत्ते दर्ता भएको भए सोको लगत कट्टा गर्दा सो निर्णयवाट प्रत्यक्ष असर पर्ने दर्तावाला यी निवेदकहरुलाई वुझी सो सम्बन्धमा निजहरुको आफ्नो भनाई राख्ने मौका समेत प्रदान गरी कानूनबमोजिमको निर्णय गर्नुपर्ने । § दर्तावालाको हक भोगमा असर पर्ने गरी मालपोत कार्यालयवाट भएको निर्णयलाई मालपोत ऐन, २०३४ को दफा ७(३) को आधारमा सामान्य त्रुटीसम्म सच्याइएको भनी मान्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.१७) § मालपोत कार्यालयवाट रैकर लगत कट्टा गरी विवादित जग्गाहरु पशुपती भण्डार तहविलका नाममा दर्ता गर्ने गरी भएको निर्णय र पशुपती भण्डार तहसिल कार्यालयलाई सोही मितिमा लेखेको पत्र समेत प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको देखिएकोले निवेदकहरुको हक स्वामित्वमा असर पर्ने गरी भएको उक्त निर्णय लगायतका पत्रहरु समेत उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7513 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश । |
| निर्णय वर्ष / मिति | 2062/03/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7513 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
