नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7512 · वि.सं. २०६२
नि.नं. 7512 — अंश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ २०२४ सालमा वादी रन्थु खवास र लालविर खवासको नाममा केहि जग्गा दर्ता भएको देखिएकै आधारमा यी वादी प्रतिवादीहरु बीच अंश वण्डा भई छुट्टि भिन्न भै सकेका भनि मान्नु न्याय र कानून संगत हुने देखिन नआउने । (प्रकरण नं.१६) § अंशवण्डा नभएको व्यहोरा लेखि गा.वि.स.मा दिएको निवेदनलाई प्रस्तुत मुद्दाका प्रतिवादीले अन्यथा भन्न सकेको नदेखिंदा समेत वादी प्रतिवादीहरु छुट्टि भिन्न भएका भन्ने प्रतिवादीको भनाई प्रतितलायक नदेखिने । (प्रकरण नं.१७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7512 |
|---|---|
| मुद्दाको विषय | अंश । |
| निर्णय वर्ष / मिति | 2062/03/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7512 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
