नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7511 · वि.सं. २०६२
नि.नं. 7511 — नागरिकता ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदकहरूले गोपाल विश्वकर्माले नागरिकताको प्रमाणपत्र पाउनको लागि जिल्ला प्रशासन कार्यालयमा पेश गरेको अनुसूची १ अनुसारको निवेदनपत्रमा लेखिएको व्यहोरा आफूले जानेबुझेसम्म साँचो हो भनी सिफारिस गरेको देखिन्छ । सम्बन्धित व्यक्तिले फारममा भरेको व्यहोरा नै निजहरूको जानकारीको मूल श्रोत हुन्छ । आफ्नो इलाकाभित्र बसोबास गर्ने व्यक्तिहरूले नागरिकताको लागि सिफारिस माग्न आएमा सामान्यतः आफूले जानेबुझेको आधारमा नै सिफारिस गरिने । § पुनरावेदकहरूले गाउँ विकास समितिमा रहेको जनसंख्या कार्ड लगायतको श्रेस्ताबाट गोपाल विश्वकर्मा वीरबहादुरको छोरा भएको भन्ने देखिएको र भक्तबहादुरले गोपाल आफ्नो भाई हो भनेको आधारमा आफूले जानेबुझेसम्म निवेदन व्यहोरा साँचो हो भनी गरेको सिफारिस मिसिल संलग्न कुनैपनि कागजातहरूबाट पुनरावेदकहरूले नागरिकता दिने दिलाउने उद्देश्यले जानीजानी झुठ्ठो विवरण दिई सिफारिस गरेको भन्ने कसूर स्थापित हुन सकेको नदेखिदा पुनरावेदकहरूलाई नेपाल नागरिकता ऐन, २०२० को दफा १५ को कसूरमा जनही रु.२००।– जरिवाना गर्ने गरी भएको पुनरावेदन अदालतकोे फैसला मिलेको नदेखिने । (प्रकरण नं.२१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7511 |
|---|---|
| मुद्दाको विषय | नागरिकता । |
| निर्णय वर्ष / मिति | 2062/03/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री परमानन्द झा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7511 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
