नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7510 · वि.सं. २०६२

नि.नं. 7510 — उत्प्रेषण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रसायन एग्रोभेटले आपूर्ति गरेको Alpha cypermethrin 5% WP नामक विषादी, WHO को फ्याक्स व्यहोराबाट प्रमाणित परिक्षीत एवं मान्यता प्राप्त विषादी भएको पुष्टि गरेको तथा नेपालमा आपूर्ति गर्नु भन्दा अगाडिनै व्राजिल, चीन, स्पेन, जोर्डन, भीयतनाम जस्ता राष्ट्रहरुमा उक्त विषादी प्रयोग भइसकेको भन्ने देखिदा उक्त विषादी भारतमा पेष्टी साइड एक्ट १९६८ को सेक्सन ९(४) बमोजिम दर्ता भएको र सन १९९९ र २००० मा नेशनल एन्टी मलेरिया प्रोग्राम अन्तर्गत गुजरातमा प्रयोग र परीक्षण भइसकेको, त्यसबाट वातावरणीय र जनस्वास्थ्यमा कुनै समस्या नदेखिएको तथा नेपालमा पनि विषादी पञ्जिकरण गर्न अधिकार प्राप्त निकाय वाली संरक्षण निर्देशनालय विषादी पंजीकरण कार्यालयबाट जीवनाशक विषादी ऐन, २०४८ एवं जीवनाशक विषादी नियमावली, २०५० बमोजिम भारत रसायन एग्रो (प्रा.)ली द्वारा उत्पादीत अल्फा साइपर मेथ्रिन ५५ डव्लु पी. नामक विषादी दर्ता भइसकेको भन्ने लिखितजवाफ व्यहोरावाट देखिएको हुंदा उक्त विषादी WHO वाट मान्यता प्राप्त नभएको, विश्वका कुनै मुलुकमा पनि प्रयोगमा नल्याइएको, परिक्षण नगरिएको भन्ने लगायतको निवेदन जिकीरसंग सहमत हुन नसकिने । § विषादी आयात गर्ने सम्वन्धमा प्रक्रिया बमोजिम टेण्डर स्वीकृत भई विषादी झिकाई तराइका विभिन्न २० जिल्लामा छर्ने काम समेत सम्पन्न भइसकेको देखिंदा प्रस्तुत रिट निवेदनको प्रयोजननै समाप्त भएकोले मागवमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7510
मुद्दाको विषयउत्प्रेषण ।
निर्णय वर्ष / मिति2061/05/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7510
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्