नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7507 · वि.सं. २०६२
नि.नं. 7507 — जवर्जस्ती करणी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अनुसन्धान अधिकारीबाट हुने कानूनअनूरुपको अनुसन्धानबाट संकलित यथार्थपरक र वस्तुनिष्ठ प्रमाणहरु नै कसूर ठहर गर्न मद्दत पुग्ने पहिलो खुट्किलो हो । त्यो खुट्किलो नै कमजोर, आधारविहिन र कानूनअनुरुप भएको छैन र जाहेरवाला र स्वयं पीडित पनि अनुसन्धानको क्रममा प्रहरीमा वयान गर्दा एकै व्यहोरा उल्लेख नगरी अदालतमा वकपत्र गर्दा फरक फरक वयान गरी आफु उपर अपराध नै नभएको भन्ने वकपत्र गर्दछन् भने अन्य प्रमाणको अभावमा अनुमान र शंकाको भरमा कसूर कायम गरी पीडित व्यक्तिलाई समेत न्याय प्रदान गर्न सरल र सुगम हुन नसक्ने । § निश्चय पनि कुनै आमाले आफ्नु छोरीको अस्मिता र भविश्यमाथि प्रश्न चिन्ह लाग्ने गरी उजूर गर्ने अवस्था आउदैंन । तर यसको अर्थ पीडितको आचरण र व्यवहार तथा अनुसन्धान अधिकारीबाट कानून अनुरुपको अनुसन्धान भएको छैन भने अनुमानका भरमा कसूरदार कायम गर्न नमिल्ने । § घटनाको विश्वसनियता पुष्टी हुने आधार र पीडितले आफूले वच्न गरेको प्रयास देखिने वस्तुनिष्ठ आधारमा कसूर प्रमाणित हुने हुन्छ । यी सवै कुराको अभावमा जाहेरी पिडक वा निजको आमा वा नजिकको नातेदारको परेको भन्ने आधारमा मात्र कसैलाई कसूरदार प्रमाणित गर्नु न्याय र कानूनको मान्य सिद्धान्त भित्र नपर्ने । (प्रकरण नं.३३) § जवरजस्तिकरणी अपराधमा मूल चश्मदिद गवाह अर्थात प्रत्यक्ष प्रमाण साधारणतया प्राप्त हुन सक्दैन । खास गरी करणीसम्बन्धी अपराधमा करणी गरिएकी पीडित नै प्रमुख प्रमाण हो । प्रमाण ऐनले जवरजस्ती करणीवाट पीडित व्यक्तिलाई नै प्रमुख प्रमाण मानेको छ । सो ऐनको दफा १०(१)(ख) मा कुनै काम घटना वा अवस्थावाट पीडित व्यक्तिले व्यक्त गरेको कुरा प्रमाणमा लिइने प्रमाण मानेको छ । तर यस मुद्दामा पीडितले प्रहरीमा वयान गर्दा आफु उपर प्रतिवादीहरुले जवरजस्ती करणी गरिएको भनेको तर अदालतमा वकपत्र गर्दा त्यस्को ठीक बिपरीत वकपत्र गरेको देखिन्छ । पीडितले अदालत समक्ष गरेको वकपत्रलाई प्रमाणमा लिन नमिल्ने अवस्था नदेखिने । § फौजदारी अपराधमा साक्षीहरुलाई डर, धाक, धम्की दिएर वा कुनै आर्थिक प्रलोभनमा पारेर प्रतिवादी वा अभियुक्तहरुले Hostile बनाउंछन् र यस्तोमा साक्षीलाई ध्ष्ललष्लन बधबथ गरेको भनिन्छ । अन्य प्रमाण भएमा साक्षीलाई Winning away गर्दैमा अपराध कायम नहुने वा प्रतिवादी अभियुक्तलाई सफाई प्राप्त हुने होइन । त्यस्तोमा झुठ्ठा वकपत्र ( Perjury ) गरेमा साक्षी वा पीडित स्वयंलाई पनि सजाय हुन सक्ने । (प्रकरण नं.३४) § प्रस्तुत मुद्दाको जाहेरी दरखास्तदेखिको व्यहोरा सच्चिएको पाइएको, उपयुक्त समयमा पीडित भनिएकी व्यक्तिको शारिरीक परिक्षण नभएको, आरोपित व्यक्तिहरु प्रकाउ परी प्रहरी कार्यालयमा वुझाएको देखिन आएकोमा सो कुरा लुकाउने प्रयास गरी पछि प्रकाउ परेको भनी प्रतिवदेन पेश गरेको, तत्काल आरोपित व्यक्तिहरुको अनिवार्य रुपमा गराउनु पर्ने शारिरीक परिक्षण नगराई घटनाको वास्तकिता लुकाउने प्रयास गरेको र जाहेरवाली र पीडित भनिएकी व्यक्तिको परिक्षण उपयुक्त तरिकावाट नगरी अनुसन्धान प्रकृयालाई प्रभावित पुर्याई घटनाको यथार्थता माथि नै प्रतिकूल प्रभाव पर्न गएको अनुसन्घानबाट संकलित कागजबाट देखिन आएकोले अनुसन्धान अधिकृत प्रहरी नायव नीरिक्षक दिलीप गुरुङले कानून अनुरुप तोकिएको जिम्वेवारी पूरा गरेको नदेखिदा निजलाई सचेत गराई सो को जानकारी यस अदालतलाई गराउने । (प्रकरण नं.३६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7507 |
|---|---|
| मुद्दाको विषय | जवर्जस्ती करणी । |
| निर्णय वर्ष / मिति | 2062/03/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेतको प्रतिवादीहरूलाई आरोपित कसूरवाट सफाई दिने ठहर गरेको राय संग सहमत हुन नसक्दा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) वमोजम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालको राय । | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालको प्रतिवादीहरूलाई अभियोग दावी बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला सदर गरेको राय संग सहमत हुन नसक्दा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेतको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६१।३।२१ को फैसला । | माननीय न्यायाधीश श्री बदीकुमार वस्नेतको राय मिलेकै हुंदा सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नुभयो । प्रत्यर्थी वादी श्री ५ को सरकारको तर्फबाट विद्वान उप न्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापाले प्रतिवादी मध्ये जनक त्रिपाठी अधिकार प्राप्त अधिकारी समक्ष अन्य प्रतिवादीहरू सहित आफूले पीडितलाई जवर्जस्ती करणी गरेको भन्नेमा सावित रहेका छन् । पीडितको शारीरिक परीक्षणवाट जर्वजस्ती करणी भएको भन्ने देखिइ रहेको छ । प्रतिवादीहरू उपर किटानी जाहेरी परेको र जवर्जस्ती करणी नभएको भए भएको भनी पीडितकी आमाले जाहेरी दिनुपर्ने अवस्था थिएन र जवर्जस्ती करणी मुद्दामा सानोतिनो प्रमाणको त्रुटीको आधारबाट सफाई दिन नमिल्ने भन्ने यस अदालतबाट कतिपय मुद्दाहरूमा सिद्धान्त समेत प्रतिपादन भएको अवस्था हुंदा पुनरावेदन अदालतको फैसला सदर गर्ने गरेको माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेतको राय मिलेकै देखिदां सो राय सदर हुन्छ । पुनरावेदन अदालत हेटौंडाको मिति २०५७।८।१४ को फैसला उल्टी भै पुनरावेदक प्रतिवादीहरूले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ। |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7507 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
