नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7505 · वि.सं. २०६२
नि.नं. 7505 — लिखत बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दाताले क्रेतालाई जुनसुकै अवस्थामा बिक्री गरेको वा हकछाडि दिएको सम्पत्ति उपलब्ध गराउनु निजको दायित्व हुने । § दर्ता श्रेस्तामा कट्टा हुन बाँकी रहेको आधारमा दोहरो लिखत दर्ता गर्नु दुषित कृया हुने र त्यस्तोमा हदम्यादले छेकवार गर्न नसक्ने । (प्रकरण नं.११) § लिखतबाट हकछाडि सकेको जग्गा साविक दर्तावालाले आफ्नो हकै नरहेको अवस्थामा पछि गरिदिएको लिखत र सो लिखतको आधारबाट पछि भएको दर्ता समेत बदर हुने देखिंदा एउटै जग्गामा दोहोरो दर्ता भएकोमा पछिल्लो दर्ताले कानूनी मान्यता प्राप्त गर्न नसक्ने कानूनी व्यवस्था समेत रहेकाले त्यस्तो पछिल्लो मितिको लिखतको अस्तित्व कायम रहन नसक्ने स्थितिमा हदम्यादको कारण देखाई फिराद खारेज गर्ने ठहराएको शुरु जिल्ला अदालतको फैसला उल्टी गरी विवादको जग्गाको सम्बन्धमा भएको लिखत तथा सोको आधारमा भएको दर्ता समेत बदर हुने । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7505 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर |
| निर्णय वर्ष / मिति | 2062/02/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7505 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
