नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7504 · वि.सं. २०६२
नि.नं. 7504 — लिखत बदर दर्ता बदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ हक वेहकमा प्रश्न उठी सकेपछि लिखत प्रमाणको महत्व हुने र प्रमाण आधार विनाको कोरा तर्कको कुनै गुन्जाइस नरहने । § प्रमाण ऐनको दफा २७ को उपदफा (२) मा भएको कानूनी व्यवस्था हेर्दा प्रचलित नेपाल कानूनबमोजिम वादीलाई दिनु वा बुझाउनु पर्ने कुरा सो कानूनबमोजिम दिएको वा वुझाएको छ भनी प्रमाणित गर्ने भार प्रतिवादीको हुनेछ भन्ने उल्लेख भएको पाइदा अदालतको फैसला बमोजिम वादीहरुले पाउने तायदाती अनुसारको अंश वादीहरुले यो, यति, यसरी यो मितिमा दिए पाएको भन्ने प्रमाणको भार र आफुले वेचेको जग्गा उपर आफ्नो एकलौटी स्वामित्व निर्विवाद हक भोग भएको भन्ने प्रमाणको भार प्रतिवादीमा रहने । § संगोलको सम्पत्ति विक्रि गर्दाको अबस्थामा मुलुकी ऐन लेनदेन व्यवहारको महलको १० नं. बमोजिम अंशियारहरुको मन्जुरी लिनुपर्नेमा पुनरावेदक वादीहरुको मन्जुरी लिएको देखिन नआउंदा वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालतको फैसला उल्टी हुने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7504 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर दर्ता बदर । |
| निर्णय वर्ष / मिति | 2062/02/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेत |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7504 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
