नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7503 · वि.सं. २०६२
नि.नं. 7503 — दर्ता बदर अपुताली हक कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुन हकवाला नजिक कुन हकवाला टाढा भन्ने बिवाद उठेमा जुन व्यक्ति मरि अपुताली परेको हो । निजको आफ्नै पुरुषतर्फको हाँगामा सन्तान भए मर्नेको मुल पुरुषको अरु हाँगाको हकवाला नजिक नहुने । § मृतक गुमान सिंहको निजको हकवाला निजको सहोदर दाजु जिवित हुँदाहुँदै भतिजा नाताका यि पुनरावेदकले मृतकको अपुताली पाउन सक्ने अवस्था अपुतालीको १ नं.मा भएको प्रावधान मुताविक नदेखिने । § पुस्ताको हिसावले विचार गर्दा पनि लोग्ने स्वास्नी समान पुस्तामा पर्दछन भने छोरा दोश्रो पुस्तामा पर्न आउछ । अपुताली पहिला समान पुस्तामा र त्यस पछि मात्र दोश्रो पुस्तामा जान्छ भनी उल्लेख भएको पाइयो । अपुतालीको १ नं. समेतको आधारमा पुनरावेदक प्रतिवादी मृतकका भतिजा नाताका देखिंदा सहोदर दाजु जिवित छँदाछँदै निजले अपुताली पाउने नदेखिने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7503 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर अपुताली हक कायम । |
| निर्णय वर्ष / मिति | 2062/02/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री बलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7503 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
