नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7496 · वि.सं. २०६२
नि.नं. 7496 — अंश दर्ता ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रमाण ऐन, २०३१ को दफा ३५ अनुसार लिखतको प्रमाणको हकमा सक्कलै लिखत पेश गरिनु पर्नेमा विवाद नभएतापनि हरेक स्थिति र अवस्थामा सक्कलै लिखत पेश गर्नुपर्ने भनी लिखतको प्रमाणसम्वन्धी सिद्धान्तलाई निरपेक्ष रुपमा व्याख्या गर्न नमिल्ने । § प्रस्तुत मुद्दामा न्यायिक निरुपणको प्रश्नमा ठहर गर्न सघाउ पुर्याउने २०१३।११।२२ को सक्कल लिखत स्वभावैले प्रमाण ऐन, २०३१ को दफा ३५(२) को देहाय (ङ) मा उल्लेख गरेको अवस्था अनुरुप मुद्दाका पक्षसंग रहने अवस्थाको नभएकाले रीतपूर्वक पेश दाखेल गरेको लिखतका नक्कलहरुलाई विना आधार कारण प्रमाणिक मूल्यवाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7496 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता । |
| निर्णय वर्ष / मिति | 2062/01/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7496 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
