नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7495 · वि.सं. २०६२
नि.नं. 7495 — किर्ते जालसाज ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदन अदालतले फैसलामा लिएका निर्णयाधारको त्रुटीहरुलाई विश्लेषण गरी सो फैसला वदरको माग दावी लिएको पुनरावेदनपत्रको अनुहारवाट नदेखिने भन्ने निर्णयाधार लिई कानून व्यवसायीले मसौदा गरेको छु भनी प्रमाणित गरी सही गरेको पुनरावेदनपत्रमा यी पुनरावेदक प्रतिवादीलाई सजाय गर्न नमिल्ने । § पुरा गर्नुपर्ने कार्यविधि पुरा गरेपछि आफुलाई चित्त नवुझेको फैसलाको ठहर वुदाको खण्डमा चित्त नवुझेको कुरा खुलाई दायर गरेको पुनरावेदनपत्रमा पुनरावेदन अदालतको फैसलाको निर्णयाधारको त्रुटीहरु यो–यो छैन र यो यति यसप्रकारवाट पुनरावेदन जिकिर लिनुपर्छ भनि मुद्दाका पक्षलाई अदालतले तोक्न नमिल्ने । § यस अदालतमा दायर गरेको पुनरावेदनपत्रमा आफ्नो फैसलाको निर्णयाधारमा यो यति त्रुटी छन ती त्रुटीको विश्लेषण गरी आफ्नै फैसलाको वदरको माग नगरेको भनि पक्षको अधिकारलाई संकुचन गरी जिल्ला तथा पुनरावेदन अदालतले यस अदालतमा परेको पुनरावेदनपत्रलाई जालसाजीको संज्ञा दिन नमिल्ने । (प्रकरण नं.२५) § यी पुनरावेदक प्रतिवादीले पुनरावेदनपत्र साथ पेश गरेको वारेसनामामा हस्ताक्षर ल्याप्चे झुठ्ठा वनाएको वा भैरहेको सच्चा लिखतलाई कुनै तरिकाले उडाई अर्कै मतलव निस्कने व्यहोरा पारेको एउटा कामलाई भनि सहिछाप गरेको लिफा कागज अर्कै व्यहोराको लिखत लेख्ने इत्यादी काम गरेकोवाट अर्काको जीउ धन वा हक जाने नोक्सान हुने वा सो केही नभए झुठ्ठा काम गर्ने आँफैलाई वा अरु कसैलाई फाइदा प्रमाण हुने जस्ता किर्ते कागजको १ नं. को परिभाषाभित्र प्रस्तुत मुद्दाको तथ्य मेल नखाने । (प्रकरण नं.२६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7495 |
|---|---|
| मुद्दाको विषय | किर्ते जालसाज । |
| निर्णय वर्ष / मिति | 2062/02/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7495 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
