नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7494 · वि.सं. २०६२

नि.नं. 7494 — अंश चलन  ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अंशवण्डाको १९(४) को परिप्रेक्ष्यमा आफ्नो हकको अंश जति आफुखुस गर्न पाउने नै हुँदा र सो शेषपछिको वकसपत्रलाई वादीले चुनौती समेत दिन नसकेको अवस्थामा उक्त वकसपत्रलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं..२९ ) § वादीले सम्पत्ति आफ्नो स्वआर्जनको भन्ने आधारको रुपमा आफु उप प्रधानपन्च भएको र विदेश भ्रमणमा गएको कुराहरुलाई वनाएको पाईन्छ तर निज उप प्रधान पन्च भएको र विदेश भ्रमणमा गएको एक मात्र आधार स्वआर्जनको पुष्टि कारण प्रमाण हुन नसक्ने । (प्रकरण नं.३०) § प्रतिवादी अन्जुले पाएको जग्गा वकसपत्रको देखिएपनि आफ्नै पत्नीले पतिवाट वकसपत्र पाएको देखिएकोले प्र. अन्जुको नाममा रहेको सो जग्गा वण्डा गर्न नपर्ने भन्न नमिल्ने । (प्रकरण नं..३१ )

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7494
मुद्दाको विषयअंश चलन  ।
निर्णय वर्ष / मिति2062/01/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7494
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्