नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7493 · वि.सं. २०६२

नि.नं. 7493 — अंश चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीहरुले आफूहरु २०२२ सालमा ९ वर्ष र २ वर्षका रहेको भन्ने उल्लेख गरेबाट सो मितिले क्रमशः २०२९ र २०३६ सालमा १६ वर्षका भएपछि अंशवण्डाको ३२ नं को म्यादभित्र नालेश गर्नुपर्ने । (प्रकरण नं.२२) § अंश नैसर्गीक हक भएको र जुनसुकै सगोलको अंशियारका नाउँमा रहेको सगोलको सम्पतिबाट सवै अंशियारले वाडी लिन पाउने । § २०२२ सालको वण्डापत्रबाट वादीहरुको समेतको भागमा परेको जग्गा समेत प्रतिवादी वेनुप्रसाद खरेलका नाउँमा नै दर्ता कायम रहेको देखिदा प्रतिवादीको नाउँमा दर्ता कायम रहेको कि.नंं १२१, ४२, १५२ र २४५ समेतका वादी प्रतिवादीको तायदाती फाँटवारीमा उल्लेख भएको जग्गा नै वादीहरुको अंश भागमा परेको जग्गा रहेको देखिन आउने । (प्रकरण नं.२३ )

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7493
मुद्दाको विषयअंश चलन ।
निर्णय वर्ष / मिति2062/01/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7493
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्