नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7489 · वि.सं. २०६२
नि.नं. 7489 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै मुद्दामा सक्षम अदालतवाट एकपटक फैसला भइसकेको अवस्थामा सोही विवादको सम्वन्धमा अघिल्लो मुद्दाको पक्षले दिएको फिराद लाग्न नसक्ने र फिराद दर्ता भइसकेको भए पनि खारेज गर्नुपर्ने हुन्छ । सो व्यवस्था आकर्षित हुनको लागि अघि परेको मुद्दामा फैसला भएको हुनुपर्ने हुन्छ । फैसला नभएको अवस्थामा अ.व.८५ नं. को व्यवस्था आकर्षित हुन नसक्ने । § अ.व. ८५ नं. मा फैसला भन्ने शब्द सम्म परेको देखिदा फैसलाको परिभाषा कुनै कानूनले गरेको नदेखिइ कुनै विवादको सम्वन्धमा सक्षम अदालतमा दायर भएको मुद्दामा सो मुद्दाका पक्ष विपक्षहरुले उठाएको विवादको निरुपण निमित्त भएको निर्णयलाई फैसला मान्नुपर्ने । § मुद्दामा उठेको बिबादको अन्तिम निरुपण नगरी फैसला भनी नामाकरण गर्दैमा त्यसलाई अ.बं.८५ नं.को सन्दर्भमा फैसला भएको मान्न मिल्दैन । अ.वं. ८५ मा परेको फैसला भन्ने शव्दको अर्थ यहि रुपमा वुझ्नु पर्ने । § प्रस्तुत मुद्दामा अ.बं.८५ नं.ले गरेको ब्यबस्था अर्थात प्राङन्यायको सिद्वान्त (Principles of Res judicata) आकर्शित हुन सक्ने अबस्था नभएबाट प्रस्तुत मुद्दामा इन्साफ गरेको पुनराबेदन अदालत बिराटनगरको फैसलामा अ.बं.८५ नं.को त्रुटि बिद्यमान रहेको भन्ने आधारमा यस अदालतबाट भएको बिपक्षी झिकाउने आदेशसंग सहमत हुन नसकिने । (प्रकरण नं.१८, १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7489 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2062/01/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री परमानन्द झा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7489 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
