नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7488 · वि.सं. २०६२

नि.नं. 7488 — उत्प्रेषणयुक्त परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानूनी अधिकार प्रयोग गरी गरेको पद खारेजीमा यस अदालतवाट हस्तक्षेप हुन नसक्ने । (प्रकरण नं.२०) § अस्थाई कर्मचारीहरू एक भिन्न बर्ग, स्थायी कर्मचारीहरू एक भिन्न बर्ग, करारमा कार्यरत एक भिन्न वर्ग, कानूनबमोजिम नियुक्ति भएका कर्मचारीहरू एक भिन्न वर्ग, नियुक्तिको दृष्टिले कानून विपरीत निवेदक जस्तै टिप्पणी सदरको आधारमा नियुक्ति भएका कर्मचारीहरू एक भिन्न वर्गका हुने । § अरुले जस्तै रीतपूर्वक प्रकाशित विज्ञापनमा दरखास्त हाली प्रतिस्पर्धामा सम्मिलित भई छनौट भई कानूनबमोजिम नियुक्ति पाएको वर्ग नभई यी निवेदक टिप्पणीको आधारमा मात्र नियुक्ति भएको हुंदा नियुक्तिको आधारमा परिषद्का अन्य तमाम कर्मचारीहरूभन्दा यी निवेदक भिन्न प्रकारका अर्को वर्गको कर्मचारी हुन । परिषद्ले टिप्पणीको आधारमा नियुक्ति भएका निवेदक एक भिन्न वर्गको पद खारेज गर्दा असमान व्यवहार भएको नमानिने । (प्रकरण नं.२१) § विज्ञापन नगरी प्रतिस्पर्धा नगराई साटसुट गुपचुप गरी नियुक्ति गर्दा Favouritism Nepottism र Biasness ले स्थान पाउदछ । जवकि यस्तो कार्य Good Governance र Rule of Law विपरीत हो । प्रतिस्पर्धा नगराई नियुक्ति दिने कार्य भ्रष्टाचार नभईहाले पनि अख्तियारको दुरुपयोग त भई नै हाल्छ र कानूनी राज्यमा यस्तो कार्यलाई कहिले पनि स्थान र प्रश्रय दिन हुदैन तसर्थ सो नियुक्तिको सम्वन्धमा आवश्यक छानविन र अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने । (प्रकरण नं.२३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7488
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशसमेत
निर्णय वर्ष / मिति2061/11/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री बलराम के.सी.
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7488
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्