नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7486 · वि.सं. २०६२
नि.नं. 7486 — ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पछाडि तिरवाट पिठ्यूमा हिर्काएको २.५ से.मी लामो काटेको मांसपेशी, पाताको हाड, फोक्सोलाई ढाक्ने पातलो झिल्ली समेतलाई छेडेको छातीको दाहिने खोक्रो ठाउं (Chest cavity right) सम्म चोट परेको देखिन्छ । परीक्षण गर्ने चिकित्सकले धार भएको हतियारले चोट परेको उल्लेख गर्नुको साथै सो चोटवाट पीडित मर्न सम्भव भनी मर्न सक्ने राय समेत दिएको देखिदा घाउको विवरण एवं चिकित्सकको राय समेतवाट पिडितको घाउको स्थिती गम्भीर रहेको रघाउवाट ज्यानसम्वन्धीको १५ नं. बमोजिम मर्ने सम्मको घाउ भएको देखिन आउने । (प्रकरण नं.१९) § वारदातको प्रत्यक्षदर्शी शंकर भन्ने गणेश के.सी, नारायण साहु समेतको अधिकारप्राप्त अधिकारी समक्ष कागज तथा अदालतको वकपत्र समेतवाट प्रतिवादीले पीडितलाई छुरा प्रहार गरेपछि पुनः प्रहार गर्न खोज्दा गणेशले रोकेको भन्ने उल्लेख गरेका र सोही व्यहोराको किटानी जाहेरी समेत हुंदा प्रतिवादीले मार्ने उद्देश्यले नै छुरी हानी पुनः अर्को पटक हान्न खोज्दा बीचमा अर्को पक्षको अप्रत्याशित हस्तक्षेपवाट सो कार्य रोकिन गई पीडितको ज्यान मर्नवाट वच्न गएको भन्ने देखिन आउने । (प्रकरण नं.२०) § पीडितको मर्नेसम्मको घाउ परेको, प्रतिवादीले पुनः छुरी प्रहार गर्न खोज्दा तेश्रो पक्षको अप्रत्याशित हस्तक्षेपवाट प्रहार गर्न नपाइ ज्यान नमरेको, प्रतिवादीको ज्यान लिनुपर्नाको सम्मको पूर्व रिसइवि भई अपराधिक मनसाय भएको प्रतिवादीले वारदात दिन समयमा वारदातस्थलमा नभै वाहिर थिए भनि लिएको Alibi जिकिरको सवुदद्वारा पुष्टी गराउन नसकेको, वारदातमा प्रयोग गरेको छुरी आफ्नै हो भनी बरामदी मुचुल्कामा प्रतिवादीले सनाखत गरेको समेतवाट प्रतिवादी कसूरदार देखिंदा प्रतिवादीलाई ज्यानसम्वन्धीको १५ नं. वमोजिम ५ बर्ष कैद हुने । (प्रकरण नं.२१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7486 |
|---|---|
| मुद्दाको विषय | ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2061/01/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7486 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
