नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7485 · वि.सं. २०६२

नि.नं. 7485 — निखनाई पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीका दाताले आफ्नो हकको घर हिस्सा विक्री गरेको देखिंदा त्यस्तो घर वादीले निखनी लिन चाहेमा लेनदेन व्यवहारको १२ नं. को देहाय २(१) अनुसार दावी लिई फिराद दायर गर्नुपर्नेमा सो अनुसारको दावी नलिई दानवकसको ३ नं. अनुसारको दावी लिई परेको प्रस्तुत फिरादमा दानवकसको ३ नं. ले निर्धारण गरेको सर्तहरुको विद्यमानता रहे भएको नदेखिने । (प्रकरण नं.१८) § अलग अलग घरधनीका हक भोगमा रहेका घर जग्गाका अलग अलग धनीवाट अलग अलग व्यहोराले वादी प्रतिवादीहरुमा हक हस्तान्तरण भएको देखिएको अवस्थामा दान वकसको ३ नं. ले अगाडि दिने घरधनी र पछाडि घर दिने घरधनी एउटै भई अगाडि दिएको घरको वाँकी भागनै पछाडि दिएको हुनुपर्ने र दुवै दानवकस गरी दिएको समेतका पुर्वावस्था रहे भएको नदेखिए पछि वादी दावी नपुग्ने गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलामा दानवकसको ३ नं. को व्याख्यात्मक त्रुटी रहे भएको नदेखिने । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7485
मुद्दाको विषयनिखनाई पाउँ ।
निर्णय वर्ष / मिति2061/12/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री परमानन्द झा
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7485
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्