नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7458 · वि.सं. २०६१
नि.नं. 7458 — नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (१), (२) बमोजिम प्रतिषेधयुक्त परमादेश लगायतको जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कानूनको दृष्टिमा समान र कानूनको समान संरक्षण भन्ने कुराहरु एकै नभई फरक फरक हुने । § कानूनको दृष्टिमा समान भन्नाले सबै नागरिक कानूनको दृष्टिमा समान रहने, कानून भन्दा माथि कोही नरहने, कसैलाई विशेष सुविधा प्रदान नहुने र सवैलाई समान व्यवहार गरिने कुराहरु वुझ्नुपर्ने हुन्छ भने कानूनको समान संरक्षण भन्नाले समान अवस्थामा समान संरक्षण प्राप्त हुने भन्ने वुझिने । (प्र.नं. ९) § शाही नेपाल वायुसेवा निगम विनियमावली, २०५८ र त्यसको संशोधन निवेदकलाई सोही शर्तको आधारमा समेत लागु हुने देखिदा विनियमावलीको विनियम ६३(१) को प्रतिवन्धात्मक वाक्यांश निवेदकलाई लागू नहुने भन्न मिल्दैन र त्यो व्यवस्था निवेदक सरहका विमान परिचालक सबैलाई समान रुपमा लागूहुने भएकोले निवेदकलाई भेदभाव गरेको भन्न नमिल्ने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7458 |
|---|---|
| मुद्दाको विषय | नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (१), (२) बमोजिम प्रतिषेधयुक्त परमादेश लगायतको जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2061/11/13 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री बलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7458 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
