नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7454 · वि.सं. २०६१

नि.नं. 7454 — वक्सपत्र लिखत वदर हक कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ छुट्टा छुट्टै बिषय प्रकृति र विवादको कुरामा हदम्यादको कानूनी व्यवस्था भएकोमा सोही बमोजिम हुने हुनाले दान बकसको हकमा दान वकसको ५ नं. ले हदम्यादको व्यवस्था गरेको र त्यसलाई निष्कृय हुने गरी प्रयोग र ब्याख्या गर्नु न्यायिक र ब्याख्याको सिद्धान्त अनुकुल नहुने हुँदा लिखत बदरको माग गर्न आएको लिखत बकसपत्र देखिएको र सो वकसपत्र लगायत दान बकसको सम्वन्धमा दान बकसको महल नै आकर्षित हुने । § अंश नलिएका स्वास्नी, छोरा, अविवाहिता छोरी वा विधवा वुहारी हुने मानिसले आफ्ना पालामा आर्जेको चल अचल सबै आफुखुश गर्न पाउने व्यवस्था अंशवण्डाको १९(२) नं. मा गरेको पाईदा पैतृक सम्पत्ति वाहेक अंशवण्डा नभई संगोलमै रहेका स्वास्नी, छोरा, अविवाहिता छोरी वा विधवा वुहारी हुने मानिसले निजहरु संगोलमै रहेका अबस्थामा समेत आर्जन गरेको सम्पत्ति आफ्ना पालामा आर्जेको सम्पत्ति मानिने र हक छाडी विक्री वितरण गरेर आफु खुशी गर्न पाउने । § संगोलमा रहेका बाबु, आमा, दाजु, भाई हुने मानिसको निजी आर्जन बाहेक आफ्ना पालाको आर्जन भनी छुट्याउन मिल्ने नदेखिने र सो को परिकल्पना कानूनले गरेको देखिदैन । नीजहरुको हकमा अन्यथा प्रमाणित नगरेसम्म संगोलको कुनै पनि अंशियारको नाउंको सम्पत्ति संगोलको आर्जन हुने देखिन्छ । एउटै व्यक्तिको बाबु, आमा, दाजु भाईको हकमा संगोलको आर्जन हुने सम्पत्ति नीजको स्वास्नी, छोरा, अविवाहिता छोरी वा वुहारीको हकमा आफ्ना पालाको आर्जन हुन जाने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7454
मुद्दाको विषयवक्सपत्र लिखत वदर हक कायम ।
निर्णय वर्ष / मिति2061/09/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7454
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्