नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7450 · वि.सं. २०६१
नि.नं. 7450 — मिलापत्र वदर गरी हक कायम गरीपाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पोइल गई भनिएकी पोतिया रहे वसेको ठाउ भन्दा अन्यत्रै स्थानमा निजको विपक्षी कुन्ती अहिरनी रहे वसेको ठाउँमा सम्वन्धित व्यक्तिलाई रोहवरमा समेत नराखी तयार भएको सर्जमीन व्यहोरालाई आधार मानेर आफ्नो स्वर्गीय पतीको सतित्वमा रहे वसेकी विधवालाई अर्कै सँग पोइल गएकी भन्ने जस्तो गंभीर आरोप लगाई अंशहक जस्तो नैसर्गिक कानूनी हकवाट वन्चित गर्ने निष्कर्षमा पुग्नु न्याय र कानून कुनै दृष्टिकोणवाट समेत न्यायोचित नदेखिने । § वाँके जिल्ला अदालतमा दायर गरेको मुद्दामा कुन्तीको अस्तित्व लोप गरेको हदसम्म जालसाज ठहरी फैसला भएकोमा वादी कुन्ती अहिरनीले चित्त वुझाई वसेको देखिन्छ । त्यस्तै यिनै वादी कुन्ती अहिरनीले ससुरा स्व. छेदा अहिरको मिति २०४४।११।१६ मा मृत्यु भएपश्चात निजको ३ पुस्ता भित्रको हकवाला अरु कोही नभएको हुँदा निजको नाउँको वाँके उढरापुर गा.वि.स. १ (ख) कि.नं. ३९ को क्षे.फ. ३–०–२ जग्गा आफ्नो नाउँमा नामसारी गरीपाउँ भनी मिति २०४५।२।११ मा मा.पो.का. वाँकेमा निवेदन दिएकोमा मालपोत कार्यालयले उक्त जग्गा निजका नाउँमा नामसारी नगरी निवेदन तामेलीमा राखि दिए उपर समेत यी कुन्ती अहिरनीले पुनरावेदन नगरी चित्त वुझाई वसेको देखिएको समेत अवस्था विद्यमान हुँदा पुनरावेदिका पोतिया अहिरनीलाई स्व छेदा को हकवाला अंशियारवाट वाहेक गरी स्व. छेदा अहिरको सम्पूर्ण सम्पत्तिमा वुहारी कुन्ती अहिरनीको एकलौटी हक कायम गर्न मिल्ने देखिन नआउने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7450 |
|---|---|
| मुद्दाको विषय | मिलापत्र वदर गरी हक कायम गरीपाउँ । |
| निर्णय वर्ष / मिति | 2061/02/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7450 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
