नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7438 · वि.सं. २०६१
नि.नं. 7438 — आ.व. २०४४।०४५ को आयकर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आयकर ऐन, २०३१ को दफा ५८ को देहाय खण्ड (ख) मा दफा ४९ को उपदफा (५) वमोजिम श्री ५ को सरकारले तोकेको तरीका र भाषामा नराखेको लेखा मान्य नहुने भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । सो दफा ४९(५) वमोजिम लेखा राख्ने तरिका र भाषा तोकी श्री ५ को सरकारले नेपाल राजपत्रमा मिति २०३५।५।२० मा सूचना प्रकाशित गरी तोकी सकेको अवस्थामा करदाताले परम्परादेखी चलिआएको मौखिक कारोवार गरेकोले तोके वमोजिमको लेखा नराखेको वा विल भर्पाई नभएको भन्ने आधारमा राज्यले निर्धारण गरेको कानून वमोजिम लेखा राख्ने दायीत्ववाट विपक्षी करदाताले उन्मुक्ति पाउँछ भन्न नमिल्ने । § ऐनको दफा ५८ क संशोधन हुनुपूर्वको लेखालाई मान्यता दिएको भन्ने आधारमा ऐनको संशोधन पछिको आ.व. को सम्वन्धमा पनि सोही वमोजिम मान्यता दिनुपर्ने भन्न नमिल्ने । § आयकर ऐन, २०३१ को दफा ५८क संशोधन भैसकेपछि श्री ५ को सरकारले तोकेको तरिका भाषामा लेखा राख्ने कानूनी दायित्व विपक्षी करदाताकै हुने भएकोले त्यस्तो कानूनी दायीत्व पुरा नगर्ने व्यक्तिलाई राज्यले कुनै सुविधा प्रदान गर्न मिल्ने नहुँदा कानून वमोजिम नराखेको लेखालाई मान्यता नदी ऐनको दफा ३३ (२) वमोजिमको प्रक्रिया अपनाई खुद आय कायम गरि गरेको कर निर्धारण आदेशमा राजश्व न्यायाधिकरणले करदाताले पेश गरेको लेखालाई मान्यता दिई ऐन संशोधन पूर्व ०३१।०३२ सालको आयकर निर्धारणलाई आधारमानी भएको राजश्व न्यायाधिकरणको फैसला उक्त सम्सोधीत कानूनको वेवास्ता गरी भएको देखिंदा त्रुटीपूर्ण देखिने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7438 |
|---|---|
| मुद्दाको विषय | आ.व. २०४४।०४५ को आयकर । |
| निर्णय वर्ष / मिति | 2061/02/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7438 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
