नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7436 · वि.सं. २०६१

नि.नं. 7436 — लागूऔषध ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लागूऔषध नभए पनि गैर लागुपदार्थलाई समेत लागुपदार्थको रुपवाट कारोवार गर्ने कार्यलाई समेत कसूर मानि सजायको व्यवस्था गरिएको देखिदा कारोवार गर्ने व्यक्तिलाई विवादित पदार्थ लागूऔषध हो भन्ने जानकारी हुनु वा नहुनुले कारोवारको परिणामलाई असर नपार्ने । § लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १७क मा उल्लिखित “लागूऔषध भन्ने विश्वासमा पारी” भन्ने व्याक्याशंले कारोवारकर्तालाई लागुपदार्थ हो भन्ने जानकारी भएको हुनुपर्छ भन्ने अर्थ गर्न नमिल्ने । § समग्रमा दफा १७ क ले लागूपदार्थको नाममा वा रुपमा हुने गैर लागुपदार्थको कारोवारलाई समेत सजाय योग्य कार्य भनी तोकेको सम्म देखिन्छ, कारोवार कर्तालाई लागुपदार्थ हो भन्ने थाहा भएको अवस्था हुनै पर्ने भन्न नमिल्ने । § लागुपदार्थको कारोवार गर्ने प्रतिवादीहरुलाई लागूपदार्थ हो भन्ने थाहा भए नभएको कुराले उल्लिखित १७ क नं.बमोजिमको कसूरमा कुनै अन्तर नआउने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7436
मुद्दाको विषयलागूऔषध ।
निर्णय वर्ष / मिति2061/02/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7436
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्