नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7312 · वि.सं. २०६१

नि.नं. 7312 — सार्वजनिक अपराध ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सार्वजनिक स्थान भन्नाले स्वभावैले सवैको सजिलैसंग पहुँच हुने स्थानलाई जनाउँछ । सार्वजनिक स्थानमा सबैको पहुँच सजिलैसंग हुने भएकोले त्यस्ता ठाउमा कुटपीट गरी वा अन्य कृयाद्वारा शान्तिभंग गर्ने कार्य गरेमा रोकथाम गर्नु र त्यस्तो घटना वा वारदातमा संलग्न व्यक्तिलाई सजाय दिनु यस ऐनको मुख्य उद्देश्य रहेको देखिने । § निजी गोठघर जग्गामा कुटपीट भएकोमा न्याय मांग गर्न आउन जाहेरवालालाई अन्य प्रचलित नेपाल कानून मुलुकी ऐन कुटपीटको महलले छुट्टै व्यवस्था गरीरहेको देखिन आउँदा एउटा ऐनको वाटो अपनाई आउनु पर्नेमा लाग्दै नलाग्ने ऐनको वाटो समाई प्रवेश गरेको अवस्थामा लाग्दै नलाग्ने ऐनको व्याख्या गरी प्रतिवादीहरुलाई सजाय गर्न मिल्ने अवस्था देखिन नआउने । (प्र.नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7312
मुद्दाको विषयसार्वजनिक अपराध ।
निर्णय वर्ष / मिति2060/12/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वलिराम कुमार
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7312
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्