नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7311 · वि.सं. २०६१

नि.नं. 7311 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ शुरु अदालतले गरेको आदेश उपर परेको अ.वं. १७ नं. वमोजिमको त्यस्तो निवेदनको रोहवाट पुनरावेदन सुन्ने अडृाले रीत वेरीतसम्म हेरी वेरीत देखिन आए रीतपूर्वक गर्न गराउनको लागि आदेश दिन सम्म सक्नेमा मुद्दाको तथ्यभित्र प्रवेश गरी अन्तिम नभएको मुद्दाको परीणाम नै फरक पर्ने गरी पुनरावेदकीय क्षेत्राधिकार ग्रहण गरी सुनुवाई गरे जस्तो निष्कर्ष निस्कने गरी आदेश गर्न नमिल्ने । § कानूनी र तथ्यगत प्रश्नको निरोपण शुरु अदालतवाटै मुद्दाको फैसला गर्दा गरीनु पर्ने बिषय देखिंदा शुरु अदालतले स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने कुरामा प्रभाव पर्ने गरी अ.वं. १७ नं. को निवेदनवाट आदेश गरेको कानूनसम्मत हुने देखिदैन । शुरुवाट मुद्दा फैसला भैसकेपछि पक्षको पुनरावेदन परेको अवस्थामा पुनरावेदनको रोहवाट मात्र पुनरावेदन अदालतले त्यसप्रकारको कानूनी र तथ्यगत प्रश्नको निरोपण गर्नु कानूनसम्मत नहुने । § प्रस्तुत विवादमा पुनरावेदन अदालतवाट भएको आदेशले शुरु अदालतमा दायर भएको मुद्दाको नै समाप्ति (Terminate) हुने परीणाम श्रृजना गरेको देखिएको र अ.वं. १७ नं. को निवेदनवाट मुद्दा चलेको थाहा पाएको मिति किटान वारे विवेचना गरी निर्णय गर्नु त्रुटिपूर्ण हुने भई त्यस्तो निर्णयवाट शुरु न्यायकर्ताको स्वतन्त्र निर्णयमा प्रभाव पर्दछ भनी यस अदालतवाट सिद्धान्त प्रतिपादित भई रहेको समेतवाट पुनरावेदन अदालत, विराटनगरको आदेश त्रुटिपूर्ण देखिदा उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. १५ र १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7311
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2060/07/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7311
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्