नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7310 · वि.सं. २०६१

नि.नं. 7310 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादी शुभद्राले मृतक सीमा रोका मगरलाई मार्ने मनसायले लठ्याउने पदार्थ जाँडमा मिसाई खुवाएको भन्ने नदेखिई निजलाई निस्लोट निन्द्रामा पारी प्रतिवादी शंकर कुमार गुप्ता समेतको सम्पर्कको वातावरणको परियोजना गरेको सम्म संभावना देखिन आउँछ । झाँक्री आउन नमानेपछि निजले स्वभावत प्रतिवादी शंकर कुमार गुप्ता र प्रकाश चन्दलाई खवर गरेको र निज समेतको उपस्थितिमा निजहरुको कर्तुत जगजाहेर हुने डरले आत्तिएर निजहरु तिनै जनाले संयुक्त रुपमा सिमा रोका मगरलाई अर्धचेत अवस्थामा लगी डोरीले बाँधी उचाली झुण्ड्याई सोही झुण्ड्याएको कारणवाट मृतकको मृत्यु भएको देखिन्छ । प्रतिवादी शंकर कुमार गुप्ता र प्रकाश चन्दको हकमा समेत अदालतमा भएको प्रतिवादी शुभद्रा रोकाको साविती समेतवाट पोलिएका निज प्रतिवादीहरु केवल सह अभियुक्तको पोलवाट मात्र कसूरदार देखिन नआई निज प्रतिवादीहरुको मौकाको साविति र अन्य सवुद तथा परिस्थितिजन्य प्रमाण समेतद्वारा समर्थित भैरहेको देखिएकाले निजहरु तिन जनालाई अभियोग दावी वमोजिमको कसूरदार ठहर गरी प्रतिवादी प्रकाश चन्द र शुभद्रा रोका मगरलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. र प्रतिवादी शंकर कुमार गुप्तालाई ऐ.को १३ (४) नं. को सजाय हुने ठहर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिंदा सदर हुने । § अपराधमा संलग्न यि प्रतिवादीहरुको उमेर, अपराधको परिस्थिति र अवस्थालाई विचार गर्दा प्रतिवादीहरु १७ देखि २१ बर्ष सम्मका कच्चा उमेरका अपरिपक्व अवस्थाका व्यक्तिहरु देखिन आउँछन् । दाजु भाउजुको इच्छा विरुद्ध गैर वैवाहिक सम्बन्ध र सम्पर्कका लागि घरमा भएकी भाउजुलाई लठ्याउने औषधी खुवाउँदा पटक पटक वान्ता हुनु र अर्धचेतन वा अचेत अवस्थामा पुग्नुवाट स्वभावतः आत्तिई झाँक्री वोलाउँदा झाँक्री समेत नआएको कारणले वुद्धि विवेक नपुगी प्रतिवादीहरु समेत भै कुरा फैलने डरले भाउजुलाई संयुक्त रुपमा झुण्ड्याएको भन्ने देखिन आएको र मार्ने मनसायले पूर्ण तयारी गरेको नदेखिएकोेले नियोजित रुपमा कुनै निकृष्ट लोभ वा प्रयोजनको लागि जघन्य अपराध घटाउने प्रतिवादी सरह निजहरुलाई सजाय गर्दा चर्को पर्ने देखिई निज तीनै जना प्रतिवादीहरुलाई मुलुकी ऐन अ.वं. १८८ नं. ले जनही ८ (आठ) बर्ष कैदको सजाय हुने । § (प्र.नं.३६ र ३७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7310
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2060/05/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7310
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्